बाँकेमा बिहिबार बिहानै एनसेलको दुई वटा टावरमाथी अज्ञात समुहले आगो लगाउने प्रयास गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ र डुडुवा गाउँपालिका वडा नम्बर ४ मेहम्मदपुर, कम्दीमा रहेको एनसेलको टावरमा अज्ञात समुहले आगजनी प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । आगजनीबाट ठूलो क्षति नभएको उनले बताए । उनले घटनाको अनुसन्धान गरिरहेको र घटनामा संलग्नको खोजी कार्य तिब्र पारिएको बताए ।