वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स समस्याग्रस्त संस्थाको सूचिबाट फुकुवा भएको छ । ग वर्गको उक्त वित्तीय संस्थालाई साउन ७ गतेको निर्णय अनुसार समस्याग्रस्त अवस्थाबाट सशर्त फुकुवा गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो फाइनान्समा घरजग्गा व्यवसायी सुधीर बस्नेतको लगानी रहेको थियो । अहिले नयाँ लगानीकर्ता प्रवेश गरेपछि समस्याग्रस्तबाट फुकुवा गरिएको हो । यससँगै अब वल्र्ड मर्चेन्टलाई निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न बाटो खुलेको छ ।