महिला उद्यमीलाई वित्तिय जानकारीको लागि महिला चेम्बर र सनराईज बैंक बीच सम्झौता


काठमाण्डौं, साउन १७- नेपाल महिला चेम्बर र सनराईज बैंक लिमिटेड बीच ब्यापार साझेदारी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र सनराईज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडयालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा महिला चेम्बरमा आवद्ध महिला सदस्यहरुलाई बैंकको तर्फबाट कर, लेखा र बित्त सम्बन्धी जानकारी उपलब्ध गराईने उल्लेख गरिएको छ । कार्यक्रममा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीहरुलाई आत्मविश्वास दिलाउन यस्ता अभिमुखिकरण कार्यक्रमले निकै योगदान पुर्याउने बताईन। महिला उद्यमीहरुले कर, लेखा र बित्त सम्बन्धी जानकारी सहजै हासिल गर्न सक्ने वातावरण तयार गर्न यो प्रयास कोशेढुङा बन्ने विश्वास व्यक्त गरेकि छन् ।

त्यस्तै सनराईज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले महिला उद्यमीहरुलाई यस्ता परामर्शमुलक कार्यक्रमका माध्यमबाट निर्धक्क साथ ब्यापार ब्यवसाय संचालन गर्ने वातावरण तयार पार्न सनराईज बैंकले सधैं नै सहयोगीको भूमिका निर्वाह गर्ने बताए । साथै उनले संघमा आवद्ध महिला आयातकर्ता एबम् निर्यातकर्ताहरुलाई विद्यमान बैंकिङ्ग सुविधा बारे जानकारीमुलक कार्यक्रम गरि अन्तरराष्ट्रिय बजार पहूच तथा क्षमता विकासमा समेत सहयोग पुग्ने विश्वास लिएको बताए ।

प्रकाशित मितिः     १७ श्रावण २०७६, शुक्रबार १६:३२  |