नेपालगञ्ज -सरकारी स्वामित्व रहेको नेपाल बैंक लिमिटेडले खुद नाफा २ अर्ब ६१ करोड १९ लाख आर्जन गरेको छ । तर उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकले १८.७७ प्रतिशतले नाफा घटाएको हो । बैंकले अघिल्लो आर्थिक बर्षमा ३ अर्ब २१ करोड ५६ लाख खुद नाफा आर्जन गरेकामा अर्थात गत आर्थिक बर्ष ६० करोड ३७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।
यस्तै बैंकको जगेडा कोषको आकार पनि करिब २ अर्बले घटेर १३ अर्ब ३९ करोडमा झरेको छ । बैंकको निक्षेप लागत ३ प्रतिशतबाट बढेर साढे ५ प्रतिशतमा पुगेको छ । आधार ब्याजदर पनि ७.०३ बाट ७.९८ प्रतिशतमा बढेको छ ।
यद्यपी बैंकको अन्य सञ्चालन आम्दानी १ करोडबाट २२ करोडमा पुगेको छ । वितरणयोग्य नाफा १५ प्रतिशतले बढेर साढे ३ अर्ब पुगेको छ ।
बैंकको ४ करोड ऋणात्मक रहेको शेयरधनी कोष ३ अर्ब एक करोड र एक करोड ३२ लाखको शेयर प्रिमियम ३ करोड २६ लाखमा बढोत्तरी भएको छ । असार मसान्तसम्म बैंकले एक खर्ब १७ अर्ब २० करोड निक्षेप संकलन गरेको छ भने ९२ अर्ब ४१ करोड कर्जा लगानीबाट ६ अर्ब १७ करोड खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रहेको बैंकको खुद नाफा घटेसँगै वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८३ पैसाले घटेर २७ रुपैयाँ १५ पैसा कायम भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ ३०० रुपैयाँ ५ पैसा, निष्कृय कर्जा अनुपात २.५८ प्रतिशत, आधार ब्याजदर ७.९८, कोषको लागत ५.५० प्रतिशत छ ।