काठमाण्डौ – प्रभु बैंकले ४२ सय मिटर उचाईमा रहेको शे–फोकसुण्डो गाउँपालिकामा शाखा कार्यालय खोलेको छ । नेपालकै अति विकट मानिएको गाउँपालिकामा शाखा कार्यालय विस्तार गरेर बैंकले बैंकिङ सेवा दिएको हो । यातायात,संचार र विद्युत आपूर्ति समेत नभएको स्थानमा बैंकले सौर्य उर्जाबाट विद्युत निकालेर भिस्याट प्रविधिमार्फत अत्याधुनिक बैंकिङ सेवा दिएको छ।शाखा स्थापनाका लागि आवश्यक पर्ने निर्माण सामाग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो ।
‘हामीले धेरै मेहेनत गरेर सबैभन्दा विकट स्थानमा शाखा खोलेका छौं । शाखा खोल्नका लागि आवश्यक सामाग्री लैजान मात्रै पचास लाख भन्दा बढी खर्च भएको छ ।’बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने,’विकट जनतालाई बैंकिङ सेवा पुर्याउन पाउँदा खुशी लागेको छ ।’ राष्ट्र बैंकले प्रत्येक गाउँपालिकामा बैंकका शाखा पुर्याउने निर्देशन अनुसार बैंकले यो ठाउँमा शाखा स्थापना गरेको हो । उनका अनुसार सडक नभएकोले दुई दिन हिडेर मात्रै यो स्थानमा पुग्न सकिन्छ । यो शाखाको शे फोकसुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुण्डुप गुरुङले गरे ।
अध्यक्ष गुरुङ्गले शे–फोकसुण्डो गाउँपालिका भौगोलिक रुपमा नेपालकै अति विकट गाउँपालिका रहेको बताउँदै त्यस्तो ठाउँमा बैंकको शाखा आउनु स्वागतयोग्य भएको बताए । यातायात, सञ्चार तथा विद्यूत आपूर्ति समेत नभएको ठाउँमा बैंकले सौर्य उर्जाबाट विद्युत निकालेर भि–स्याट प्रविधिको प्रयोग अत्याधुनिक बैंकिङ सेवा दिएकोमा उनले प्रशंशा गरे ।
बिजमाण्डुबाट साभार