पेट्रोल र डिजेलको भाउ बढ्यो, एलपी ग्याँसको २५ रुपैयाँ घट्यो


काठमाडौ । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको भाउ बढाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । निगमले पेट्रोलमा १ रुपैयाँ  तथा डिजेलमा ५० पैसा बढाएको छ । एलपी ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको प्रवत्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

उनकाअनुसार पेट्रोलको प्रतिलिटर १०९, डिजेल  र मट्टितेलको ९७ र ग्याँसको मूल्य १ हजार ३७५ रुपैयाँ कायम भएको छ । हवाई ईन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।

निगमले आर्थिक वर्ष २०७५/०७६ मा एलपी ग्यासमा ६ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।  मूल्य समायोजन गरे पश्चात् पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रति लिटर क्रमशः १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो हुने गोइतले जानकारी दिए  ।

प्रकाशित मितिः     २१ श्रावण २०७६, मंगलवार २१:४२  |