पीन नम्बर ह्याक गरेर पैसा चोरी, सीआईबी र राष्ट्र बैङ्कको छुट्टाछुट्टै अनुसन्धान सुरु


काठमाडौं । चिनियाँ नागरिकले एटीएमको पीन नम्बर ह्याक गरेर विभिन्न बैङ्कबाट ठूलो मात्रामा पैसा चोरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र नेपाल राष्ट्र बैङ्कले छुट्टाछुट्टै अनुसन्धा सुरु गरेको छ ।

चिनियाँ नागरिकले एटीएम ह्याक गरेर पाँच करोड रुपैयाँभन्दा बढी निकालेको सूचना बाहिर आएपछि नेपाल राष्ट्र बैङ्कले आन्तरिक तथा सीआईबीसँग मिलेर अनुसन्धान सुरु गरिसकेको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए ।

‘सीआईबीले आफ्नै तरिकाले अनुसन्धान सुरु गरेको छ, हामीले पनि आफ्नै तरिकाले अनुसन्धान सुरु गरिरहेको छौँ,’ डेपुटी गभर्नर शिवाकोटीले भने, ‘जफत गरिएको पैसा फिर्ता हुन्छ । कुन–कुन बैङ्कको एटीएमबाट पैसा चोरी भएको छ, त्यसको पनि अध्ययन भइरहेको छ ।’

प्रकाशित मितिः     १५ भाद्र २०७६, आईतवार १६:०८  |