नेपालगञ्ज – नेपाल राष्ट्र बैंकले विद्युतीय कार्ड प्रयोग गरी मसिनमार्फत कारोवार गर्दा अतिरिक्त शुल्क नलिन सरोकारवाला निकायलाई निर्देशन दिएको छ । अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरिएको बताउँदै बैंकले त्यस्तो शुल्क लिने निकायका बारेमा कार्र्ड जारी गर्ने संस्थामा सम्पर्क गर्न भनेको छ ।