नेपालगन्जमा अष्ट्रेलियन एजुकेसन सेमिनार हुँदै


नेपालगन्ज,२५भाद्र। नेपालगन्जमा ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार हुनेभएको छ। एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज नेपालगन्जको आयोजनामा यहि भाद्र २७ गते नेपालगन्जको बाटिका होटलमा उक्त सेमिनार हुँदैछ। एक्सपर्टले यसै सेमिनारको बारेमा बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेको छ। उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया जानको लागि के के कुराको आवश्यक तथा कुन कुन प्रक्रिया चाल्नुपर्छ भन्ने जानकारी दिने उद्देश्यले ग्राण्ड सेमिनार गर्न लागिएको एक्सपर्ट नेपालगन्जका शाखा प्रबन्धक ईश्वरी प्रसाद आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

उहाँका अनुसार सेमिनारमा अस्ट्रेलियाका ८ वटा ख्यातिप्राप्त कलेज तथा विश्व विद्यालयका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा प्रणाली , कलेज तथा विश्वविद्यालयमा पढाई हुने विभिन्न बिषय तथा शुल्कक बारेमा जानकारी गराउने छन।
उक्त कार्यक्रमका सहभागीहरुले प्रत्यक्ष रुपम अस्ट्रेलियाका विभिन्न कलेज तथा विश्व विद्यालयका प्रतिनिधिहरुसँग परामर्श सेवा प्राप्त गर्नुका साथै अस्ट्रेलिया जानका लागि आवश्यक सम्पुर्ण प्रक्रियाहरुको बारेमा जानकारी प्राप्त गर्नेछन।सेमिनार कार्यक्रम भाद्र २७ गते शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सन्चालन हुने एक्सपर्ट नेपालगन्ज शाखाकी मार्केटिङ म्यानेजर सुमन थापाले बताउनुभयो ।

एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले नेपालबाट उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श लगायत भिसा सेवा समेत प्रदान गर्दै आएको छ। सन २००३ मा स्थापना भएको एक्सपर्टले हालसम्म नेपालगन्ज, धनगढी , दाङ, बुटवल लगायत देशका विभिन्न स्थानमा १४ वटा शाखा कार्यालयहरु , अष्ट्रेलियाका विभिन्न सहरहरुमा ७ वटा शाखा कार्यालयहरु तथा श्रीलंका ,बंगलादेश , भारत, नाइजेरिया , फिलिपिन्स , हङकङ लगायत विभिन्न देशहरूमा सेवा प्रदान गर्दै आएको छ। हालसम्म नेपालबाट आई.ई.एल.टि.एस(आएल्स) कोर्ष तथा भिसा सम्बन्धि सम्पूर्ण प्रक्रिया गराई करिव ४० हजार विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाई सकेको छ। जसले गदा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज विद्यार्थीहरुको प्रमुख रोजाईको केन्द्र बनेको छ।

 

 

प्रकाशित मितिः     २५ भाद्र २०७६, बुधबार १७:०९  |