नेपालगञ्ज – विकासका लागि नागरिक सरोकार समिति बाँकेले डेंगो रोग नियन्त्रणका लागि सतर्कता अपाउन माग गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेलाई डेंगो रोग नियन्त्रणका लागि समयमै पहल लिन माग गरिएको हो । समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले उक्त रोग गम्भीर बन्दे जांदा समेत सरोकारवाला निकायले नियन्त्रणमा चासो नदिएको उल्लेख गरेका छन् ।