आगलागी पीडितलाई सुर्खेत उद्योग वाणिज्य संघको राहात


सुर्खेत- गत भदौं २१ गते अचानक आगलागी भइ धनमानलको क्षति भोगेका गुर्भाकोट नगरपालिका ८ मेहेलकुनास्थित एक उद्यमीलाई सुर्खेत उद्योग वाणिज्य संघले राहात रकम प्रदान गरेको छ ।
मामाभाञ्जा कृषि उपज संकलन तथा विक्री केन्द्रका प्रोपराईटर भिउँदे वलीलाई संघका तर्फबाट आर्थिक सहयो नगद रू३५ हजार रूपैयाँ प्रदान गरिएका हो । संघका अध्यक्ष धनबहादुर रावत, गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विक ले रकम हस्तान्तरण गरेका थिए ।

प्रकाशित मितिः     २८ भाद्र २०७६, शनिबार १२:४२  |