कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिकाको आयोजना र भिडिसेफ नेपाल कालिकोट र सेभ द चिल्डेनको साझेदारीमा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको सहयोगमा संविधान दिवसको अवसर पारि उत्कृष्ठ विद्यालय ,अभिभावक र विद्यार्थी सम्मान पुरस्कार कार्यक्रम गरिएको छ ।
वडा नं. ३ का वडा अध्यक्ष टक्क विष्टको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी नरहरिनाथ गा.पा. उपाध्यक्ष मनशोभा बुढा थिइन् भने बिभिन्न विद्यालयका शिक्षकहरु अभिभावकहरु, बालक्लव तथा संघ संस्था प्रतिनिधिहरुको सहचागिता रहेको थियो । गाउँपालिकामा रहेका ८ वटा माद्यमिक विद्यालयका १÷१ जना विद्यार्थी र १/१ जना अभिभावक लाइ उत्कृष्ठ विद्यार्थी तथा अभिभावकको रुपमा छनौट गरि सम्मान गरियको हो । भने श्री नन्दा देवि मावि नरहरिनाथ गाउँपालिका १ कोटवाडा लाइ उत्कृष्ठ विद्यालयको रुपमा छनौट गरी सम्मान गरिएको छ ।
उत्कृष्ठ विद्यालयको प्रमाण पत्र प्राप्त गरेपछी बोल्दै नन्दा देवि माविका सह प्रधानाध्यापक श्री धन कृष्ण पाण्डेय ले विद्यालयमा शिक्षकले चाहे गर्न सकिन्छ भन्ने मान्नेताले अगाडि बढनु पर्ने भन्दै बिद्यालय को सुधारका लागि सबै सरोकारवाला को उत्तीकै भुमीका रहने धारणा राखे । आपनो विद्यालयले विद्यार्थि नियमितता र उनिहरुको सिकाई उपलब्धि बढाउन लागि परेको र केहि हद सम्म बिगत भन्दा सफल भएको भन्दै यसलाई अझै सुधार गर्ने योजनाका साथ विद्यालय लागिपरेको बताउनु भयो ।
उत्कृष्ठ अभिभावक को रुपमा सम्मान पत्र पाएका मंगलाशैनि माद्यमिक विद्यालयका अभिभावक श्री रुप बिष्टले आपनो बच्चाप्रति गरेको मेहनत र लगनशिलता ले सम्मानित हुन पाउदा असाधै खुसि भएको र सो कुरा छिमेक तथा गाँउ टोलमा पनि सिकाउने प्रतिबद्घता गरे ।
कार्यक्रममा प्रमुख अतिथी नरहरिनाथ गा.पा. उपाध्यक्ष मनशोभा बुढाले नगरले हरेक बर्ष बिभिन्न संघसंस्थाहरु संगको समझेदारी गरी शिक्षा क्षेत्रमा उत्प्ररणा दिने कार्यक्रमहरु गरीरहेको बताउदै यसलाई नियमितता दिने बताए, साथै उहाले संविधान दिवस तथा राष्टिय दिवस को सबैमा शुभकामना प्रदान गर्नु भयो ।
सोहि अवसमा भएको मावि स्तरिय संविधान कार्यन्वयनको आवस्यकता र शिक्षा बिषयक बक्तृत्वकला प्रतियोगीता पनि सम्पन्न गरिएको छे । बक्तृत्वकला प्रतियोगीतामा नरहरिनाथ गाउँपालिका स्थीत श्री जनता माविका छात्र प्रेम वोगटी प्रथम , मंगलाशैनि मा वि का निर्मल भन्डारी दृतिय र नन्दादेवी मा.वि का चन्द विष्ट तृतिय भयका छन ।
कार्यक्रमा उत्कृष्ठ विद्यार्थी, अभिभावक तथा विद्यालयलाई दोसल्ला प्रमाण पत्र तथा बक्तृत्वकला प्रतियोगीताका सहभागिहरुलाई पुरुस्कार वितरण गरीएको थियो ।
भिडिसेफ नेपाल कालिकोट र सेभ द चिल्डेनको साझेदारीमा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाले सन २०१६ देखि नै तिलागुफा नगरपालिका र नरहरीनाथ गाँउपालिकामा शिक्षा र जिविकोपार्जन मा काम गर्दै आएको छ ।