नेपालगन्ज,२७ असोज। होटेल दि ग्यालेक्सी दरबारले मासु पारखीहरुलाई लक्षित गर्दै नेपालगन्जमा करीव २ करोडको लगानीमा जिकेएफसी रेस्टुरेन्ट सन्चालनमा ल्याएको छ । रेष्टुरन्टको सोमबार(आज) एक औपचारीक कार्यक्रमकाबीच सन्चालनमा ल्याइएको हो । कार्यक्रममा बोल्दै नेपालगन्जका मेयर डा. धवल शम्शेर राणाले नेपालगन्जमा होटेल तथा रेष्टुरेन्ट व्यवसायमा लगानी थपिदै जानु सकरात्मक भएको बताउँनुभयो।
उपमहानगरले महानगर बनाउने योजना बनाइरहेकाले यस्ता व्यवसायले समृद्ध महानगर वनाउन टेवा पुग्ने पनि जिकिर गर्नुभयो। त्यस्तै, प्रदेश ५ सभा सदस्य कृष्णा केसी नमुनाले नेपालगन्जमा होटेल व्यवसाय फस्टाउदै गएको बताउनुभयो । नेपालगन्जको सुर्खेतरोडस्थीत धम्वोझीमा आजदेखी सन्चालनमा आएको रेष्टुरेन्टले हलाल चिकेन, विश्वमै चर्चीत वास्किना रविन्सो आइसक्रिम र इलि कफि लगायत नयाँ नयाँ व्रान्डका भेज तथा ननभेज परीकारको स्वाद नेपालगन्जका सेवाग्राहिलाई पहिलो पटक दिन लागेको रेस्टुरेन्ट सन्चालक तथा प्रबन्ध निर्देशक प्रशान्त लामीछाने जानकारी दिनुभयो । उहाँले नेपालगन्जमा मासुका पारखीहरुलाई लक्षित गर्दै रेष्टुरेन्ट सन्चालनमा ल्याएको बताउँदै अन्तराष्ट्रियस्तरको केएफसी व्रान्डका सवै परीकार अब नेपालगन्जमै उपलब्ध हुने बताउनुभयो।