नेपालगञ्ज – भेरी सहकारी वित्तीय संस्था लि. बाँके र लायन्स क्लब अफ नेपालगंज क्रियटिभ एंव स्थानिय सम्पूर्ण लायन्स तथा लियो क्लबहरुको संयुक्त रुपमा आयोजित बृहत रक्त–दान कार्यक्रम पि.डी.जी. लायन शेमराज शाक्यज्को प्रमुख अतिथ्यमा समपन्न भएको छ । भेरी सहकारी संस्था लि.का का. निर्देशक सुशीला शर्माज्यूले विधिवत रुपमा कार्यक्रमको शुरुवातको घोषणा सँगै रक्तदान कार्यक्रमको प्रारम्भ भएको थियो ।
उक्त अवसरमा रक्तदान जीवनदान तथा मानव शरिरलाई चाहिने रगतको वारेमा छोटो जानकारी सिनीयर एडभाईजर चिफ ला. ज्ञानेन्द्र श्रेष्ठले दिनु भएको थियो भने कार्यक्रममा लायन्स कल्ब अफ नेपालगंज क्रियटिभका अध्यक्ष ला. वसन्त लामिछानेज्यूले लायन्स क्लबले जहिले पनि मानव सेवामा समर्पित कार्यहरु गर्दै आएको सन्दर्भमा आज सहकारीसँग सहकार्य गरि गरिएको यो पहिलो रक्तदान कार्यक्रम रहेको कुरा पनि बताउँनु भयो । उक्त अवसरमा व्लड बैक प्रमुख उपेन्द्र रेग्मीले दशैं र तिहारको विचमा व्लड बैंकमा भएको कमीलाई पूर्ति गर्न आजको यस महान कार्यले सहयोग गरेको बताउनु भयो ।
ला.मीना सुवेदी ढकालले संचालन गर्नु भएको यो कार्यक्रममा एरिया चिफ ला. संजय सिंह, जोन चियर पर्सन ला. आभा गौंतम, व्लड डोनेसन कोर्डिनेटर ला. रमानाथ ढकाल , भेरी सहकारी वित्तीय संस्थाका पदाधिकारीहरु, कर्मचारीहरु तथा स्थानिय सम्पूर्ण लायन्स तथा लियो क्लबहरुको महत्वपूर्ण उपस्थिती रहेको थियो भने रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान दिनु भएको थियो ।