बाँके कार्तिक ३ – विगत केही दिनदेखि पाकेर काट्न तयार रहेको धानबालीमा लागेको फैजी किराको नियन्त्रण र क्षतिपूर्तिका लागि आइतवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ ।
डुडुवा गाउँपालिकाको वडा नं. १,२,३,४ र ६ मा कृषकले लगाएको धानबालीमा फौजी किराले पु¥याएको क्षतिको विवरण संकलन र प्रकोप नियन्त्रणको तत्काल पहल गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई ज्ञापन पत्र बुझाइएको हो । शनिवार डुडुवा गाउँपालिका वडा नं. ६ मा भएको किसानहरुको भेलाले क्षतिपूर्ति र किरा नियन्त्रणका लागि सरकारलाई दबाब दिन फौजी किरा पिडित संघर्ष समिति गठन गरेको हो ।
समितिका अध्यक्ष रामधनि यादवको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा अविलम्ब रोग पहिचान र विषादीको व्यवस्थापन गर्ने, कृषकहरुका लागि आपातकालीन सेवाको सुरुवात गर्ने, यथासिघ्र धानबालीको अनुगमन र क्षतिको विवरण संकलन गरि कृषकहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने र आगामी दिनमा कृषकले लगाउने दलहन, तेलहन र तरकारी खेतीलाई सुरक्षित गर्न पुर्वतयारीको आवश्यक कदम चाल्नु पर्ने उल्लेख छ ।
ज्ञापन पत्र बुझाउन पुगेको संघर्ष समितिसंगै भेटिएका नेकपा डुडुवा गाउँपालिकाका अध्यक्ष शकील खानले डुडुवा गाउँपालिकाको वडा नं.२ र ६ धानको पकेट क्षेत्र भएको र सोही क्षेत्रमा फौजी किराले पाकेको धानको बाला काटेर खेतमै नष्ट गरि बढी नोक्सानी पु¥याएको बताएका छन् । डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले बिउदेखि रोपाई, गोडमेल एवं मलजल गरेर घर भित्रियाउने बेलामा यसरी फौजी किराको प्रकोपले ठुलो संख्याका किसानहरु समस्यामा परेकोले जनप्रतिनिधी भएको हैसियतले कम्तिमा लागत अनुसारको क्षति किसानले पाउनु पर्ने हाम्रो माग रहेको छ ।
गाउँपालिका क्षेत्रमा यसरी धानबालीमा फौजी किराको प्रकोप फैलिएको अवस्थामा गाउँपालिकाले वेवास्ता गरेजस्तै अन्य निकायले पनि वास्ता नगरे संघर्षमा उत्रिन बाध्य हुने संघर्ष समितिका अध्यक्ष यादवको भनाई छ । उनले भने प्रकोपबाट पिडित अधिकाँश किसानको समस्या समाधान र लागत अनुसारको क्षतिपूर्तिका लागि तत्काल सम्बन्धित निकायले पहल थाल्नु पर्ने हाम्रो माग हो ।