मुख्यमन्त्री शंकर पोख्रेलले खजुरा सम्मेलन उद्घाटन गर्ने


नेपालगञ्ज ४ कात्र्तिक – ‘बृहद खजुरा सम्मेलन’ को उद्घाटन गर्न बुधवार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेल नेपालगञ्ज आउने भएका छन् । मुख्यमन्त्री पोखरेलले ज्ञानोदय नमूना माध्यामिक विद्यालय खजुरामा सम्मेलनको उद्घाटन गर्ने छन् । कात्र्तिक ६ र ७ गते हुने उक्त सम्मेलनले खजुराको विकासको रोडम्याम तथा छलफल गर्ने गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बताए ।

खजुराका समृद्धिका आधार, अवसर र सम्भाव्यतालाई पहिल्याउँदै खजुरा गाउँपालिकाको नीतिगत प्राथमिकता तय गर्न सहज वातावारण बनाउन सम्मेलन गर्न लागिएको हो । खजुरा क्षेत्रका बिभिन्न क्षेत्रका बिज्ञ, सामाजिक तथा आर्थिक क्षेत्रका अगुवा व्यक्तित्वहरुबाट कार्यपत्रहरु प्रस्तुत हुने सम्मेलन आयोजक समितिका अध्यक्ष भक्तबहादुर केसी बताउँछन् ।

२ दिनसम्म चल्ने सम्मेलनमा खजुरा क्षेत्र तथा खजुरामा स्थायी बसोबास रही कामको शिलशिलामा बाहिर रहेका २ सय ५० बढिको सहभागिता रहनेछ । सबै सहभागिहरुसंग खजुराको विकासका बारेमा छलफल हुने आयोजक समितिका सचिव किरण ढकालले जानकारी दिए ।

प्रकाशित मितिः     ४ कार्तिक २०७६, सोमबार १६:०८  |