धामपुर विद्युत प्रशारण लाइनको परीक्षण हुँदै, सचेतना अपनाउन प्राधिकरणको आग्रह


नेपालगञ्ज – निर्माणाधीन कोहलपुर(धामपुर ३३ के.भी.प्रसारण लाइनको परिक्षणका रुपमा बिहिवारदेखि विद्युत प्रवाह गरिने भएको छ । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका अन्तर्गत राप्ती नदीदेखि धामपुर सबस्टेसन खण्डमा पर्ने कुण्डा- डाडाचेप्री- गुलेरीचोक-ढेलैयाचोक- आलीनगर- गोडधोई- जुरपनिया- धामपुर तथा धामपुर सबस्टेसन भित्रको क्षेत्रमा लाईन निर्माण भइरहेको छ ।

बिहिवारदेखि ११००० भोल्टमा परीक्षण (टेष्टिङ) प्रयोजनको लागि विद्युत प्रवाह हुने भएकाले त्यसमा सचेत रहन प्राधिकरणले अनुरोध गरेको छ । उक्त क्षेत्रको विद्युतीय तार, पोल, स्टे आदिमा चढ्ने, तार छुने कार्य नगर्नरनगराउन हुन नेपाल विद्युत प्राधिकरण, प्रदेश नं.५, प्रदेश डिभिजन कार्यालय, नेपालगञ्जले अनुरोध गरेको हो । सूचनाको गम्भीरतालाई ध्यान नदिई कुनै अप्रिय घटना हुन गएमा नेपाल विद्युत प्राधिकरण जवाफदेही नहुने व्यहोरा समेत समेत जनाएको छ ।

प्रकाशित मितिः     ६ कार्तिक २०७६, बुधबार १४:२२  |