सुजुकीको क्रसओभर कार नेपालमा, हाइब्रिड टेक्नोलोजी र सुरक्षा मुख्य फिचर
काठमाडौं । मारुती सुजुकीको लागि नेपालको आधिकारिक वितरक सिजी मोटो कर्पले गत भदौमा आयोजित नाडा अटो शोमा प्रदर्शन गरेको हाइब्रिड मोडल मध्ये एक हो, एस क्रश हाइब्रिड । अटो शोमा सिजी मोटो कर्पले सियाज, आर्टिगा र एसक्रस हाइब्रिड कार प्रदर्शनमा राखेको थियो ।
अहिले यी सबै मोडल नेपाली बजारमा बिक्री वितरण भइरहेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा हाइब्रिड कारको बजार क्रमिक रुपमा बढ्दै गएसँगै कम्पनीले स्मार्ट हाइब्रिड टेक्नोलोजीमा नयाँ कार ल्याएको हो ।
पछिल्लो समय नेपालमा पनि यस्ता हाइब्रिड कार आइरहेका छन् । सुजुकीले ल्याएका हाइब्रिड कार मध्ये एस क्रश हाइब्रिडका सबल पक्षहरु यसप्रकार रहेका छन् ।
इन्जिन
यस हाइब्रिड कारमा १४५८ सीसीको डिडिआइएस स्मार्ट हाइब्रिड डिजेल इन्जिन लगाइएको छ । यसले ४ हजार आरपीएममा ८९ बीएच पावरका साथै १७५० आरपीएममा २०० एनएम टर्क उत्पादन गर्छ । उक्त इन्जिनमा पाँच स्पीड गियरबक्स जोडिएको छ ।
डायमेन्सन
लम्बाई ४३०० एमएम, चौडाई १७८५ एमएम, १५९५ एमएम उचाई भएको यस कारमा २६०० एमएमको ह्वीलवेश र १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । कारको नेट तौल १२१५ किलोग्राम रहेको छ । यो पाँच सिट क्षमताको कार हो ।
ह्वील, ब्रेकिङ सिस्टम र सस्पेन्सन
यसको फ्रन्ट र रियरमा १६ इन्चको अलोय ह्वील लगाइएको छ । यस्तै, फ्रन्ट साइडमा भेन्टीलेट डिस्क र रियरमा सोलिड डिस्क ब्रेक दिइएको छ । कारको फ्रन्टमा म्याक फ्रेरोन र कोल स्प्रिङ्ग सस्पेन्सन दिइएको छ भने, रियरमा जेड टोर्जिन बिम र कोलिङ स्प्रिङ सस्पेन्सन प्रदान गरिएको छ ।
माइलेज
यो कारले प्रतिलिटर २३.६५ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
विशेषता
यसमा एयरब्याग, एबीएस, इबीडी, सेन्ट्रल लकिंङ, चाइल्ड सेफ्टी लक, हिल असिस्ट, ओरभिएम,टर्न इन्डीकेटर, आइएसओफिक्स सिट, ब्रेक इनर्जी रिजेनेरेशन सिस्टम जस्ता सुरक्षा फिचर दिइएको छ ।
यस्तै, आरमदायीताको लागि एयर कन्डिसन, हिटर, रियर आर्मेष्ट, सिट बेल्ट वार्निङ, फेब्रिक अपहोलष्टीक, किलेस इन्ट्री लगायतका विभिन्न फिचर प्रदान गरिएको छ । यसको फ्रन्ट साइड र रियर साइडमा फग ल्याम्प, अटोमेटिक हेडल्याम्प, रियर वाइपर जस्ता विभिन्न विशेषता दिइएको
मूल्य
यसको नेपाली बजारमा मूल्य ४२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।