चौधरी  फाउण्डेशनको कुपोषण विरुद्धको अभियान प्रदेश ५ बाट शुरु


नेपालगञ्ज १५ कार्तिक – बालबालिकामा विद्यमान कुपोषण र गरिवी विरूद्धको राष्ट्रिय अभियान प्रदेश नं. ५ बाट शुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाण्डौमा उक्त अभियान शुभारम्भ गर्नुभयो । पहिलो चरणमा सो अभियान प्रदेश नम्बर ५ मा लागू गरिएको हो । प्रदेश नम्बर ५ का मुख्यमन्त्रीशंकर पोखरेलले अभियानका लागि आफ्नो प्रदेश छानिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सफल कार्यान्वयनका लागि प्रदेश सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्धता गर्नुभएकने छ ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले संविधानले प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषणको अधिकार दिएको बताउँदै बालबालिकाको चौतर्फी विकासका लागि शुपोषित हुनु आवश्यक रहेको बताईन । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले अध्यक्ष रहेको बोर्डमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरी, क्रिकेटर पारस खड्का, नविल बैंकका सिईओ अनिल शाह र पोषणविद् डा. उमा कोईराला छन् ।

चौधरी ग्रुप एवं चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीको पहलमा यो अभियान नेपालमा कार्यान्वयनमा आएको हो । अध्यक्ष्ाँ चौधरीले विल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनसंग चौधरी ग्रुपले सहकार्य गर्ने गरि कार्यक्रम ल्याएका हुन । उक्त अभियानको शुरूवात ६ महिनादेखि २३ महिनासम्मका बालबालिकामा देखिने कुपोषणको जोखिम न्युन गर्नेमा लक्षित रहने छ ।

प्रकाशित मितिः     १६ कार्तिक २०७६, शनिबार १७:४५  |