यस्तो पसल जहाँ सामान किन्नेको ताती लाग्यो


सुर्खेत । वीरेन्द्रनगरको मुख्यचोक वीरेन्द्रचोकस्थित निर्माणाधीन एक ब्यापारीक कम्पलेक्समा समान किन्न विहान पाँच बजेदेखी ग्राहककाे भीड लाग्ने गरेको छ । स्थानीय बजारको ढाडसेक्ने महंगीले आत्तिएका ग्राहक सस्तो मूल्यमा फेन्सी तथा रेडिमेट सामान किन्न विहानैदेखी लाइन लागेर सामान किन्न लागेका हुन् ।

जाडो सिजनका लत्तापकडा र घरायसी प्रयोेगका सबैजसो समाग्री ६ सय रुपैयाँमा पाइने पसलमा ग्राहकको भीड अनियन्त्रीत भएपछि टाेकन लागु गरिएकाे छ । तेन्जीन लमु क्लोथिङ स्टोर नामको उक्त पसलमा बिना विज्ञापन विक्री शुरु गरेको दिनदेखि नै ग्राहकको घुइँचो लागेको छ ।  स्थानीय मेडिकल ब्यवसायी प्रेम भण्डारी र निर्माण ब्यवसायी नेत्र कार्कीको साझेदारीमा निर्माणाधीन भवनको दोस्रो तलामा सञ्चालित पसलमा पहिलो पटक ल्याएको ९० प्रतिशत सामान दुई दिनमै सकिएको जनाए ।

गुणस्तरीय सामान सस्तो मूल्यमा पाएपछि ग्राहकको भीड लागेको हुन सक्ने घरधनी भण्डारीले बताए । केही दिनका लागि मात्रै खुलेको हो की भन्ने आशंकाले सबैले छिटै सामान किन्ने हत्तारोले ग्राहकको भीड अनियन्त्रीत भएको हुनसक्ने घरधनी भण्डारीले बताए । उनकाअनुसार पसल सञ्चालकले ७ वर्षको लागि घरभाडा सम्झौता गरिसकेका छन् । दाङको तुल्सीपुरमा मुख्यशाखा रहेको तेन्जीन लमु क्लोथिङ स्टोरको वीरेन्द्रनगरमा विक्री शाखा खोलिएको हो ।

यहाँका फेन्सी तथा रेडिमेट ब्यवसायीले हजारौंको सामान खरिद गर्दा पनि ग्राहकलाई बिल नदिइ राज्यलाई कर छलि गर्दै आएको पाइएपनि यस पसलमा भने ६ सयको सामान खरिद गर्दा ग्राहकलाई बिल दिने गरिएको छ ।यहाँका फेन्सी तथा रेडिमेट पसलको सम्बन्धीत निकायले नियमित बजार अनुगमन नगर्दा हरेक सामानमा ब्यवसायीले मनलाग्दी मूल्य असुल्दै आएका छन् । यसरी सस्तोमा सामान विक्री हुन थालेपछि फेन्सी तथा रेडिमेट ब्यावसायीमा यसले तरंग ल्याएको छ ।

चलनचल्तीको बजारमा महंगो मूल्य तिरेर कपडा खरिद गरिरहेका ग्राहकले यहाँका ब्यापारीले चर्को मूल्यमा सामान बेच्दै आएको आरोप लगाएका छन् । सस्तो रेटमा सामान पाइँने यस्ता पसलले ग्राहकलाई राहत पुग्ने उनीहरूको विश्वास छ ।  साभार -पश्चिमनेपालबाट

प्रकाशित मितिः     २८ कार्तिक २०७६, बिहीबार १७:२०  |