सडक मिचेर घर बनाउनेप्रति मुख्यमन्त्री पोख्रेल कडा, भन्छन्–‘त्यस्ताको घरमा व्यापार नगर्नुहोस्’


बुटवल, कार्तिक २८ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पोखरेलले सडक सिमा मिचेर बनाईएका घरहरुमा व्यापार व्यवसाय नगर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । ‘जसले सडकको सिमा मिचेका छन् ती घरमा व्यापार, व्यवसाय नगर्नुस्, बैंक वित्तिय संस्थाहरु पनि अर्को ठाउं जानुस्, बुटवललाई बुटवल बनाउन सरकारलाई साथ दिनुस् ।’ उनले भने । मूख्यमन्त्रीले सडक बिस्तारमा अवरोध नगर्न नगरबासीलाई आग्रह गरि रहेकै स्थानकबाट १सय मिटर अगाडी रहेको उच्च अदालत तुल्सीपूरको बुटवल ईजलासमा सडक बिस्तार बिरुद्ध परेको रिटमा बहस चलि रहेको थियो ।

रुपन्देही ब्यापार संघको साधारण सभालाई सम्वोधन गर्न पुगेका मुख्यमन्त्री पोखरेलले मन्तब्यको अधिकांस समय बुटवल सडक बिस्तारमा भई रहेको अवरोध केन्द्रीत थियो । सडक बिस्तार बिरुद्ध अगुवाई गरेकोमा संघ संस्थाहरु प्रति मुख्यमन्त्री असन्तुष्ट रहदै आएका थिए ।
बेलहियादेखि राजमार्ग चौराह सम्मको सडक सिमा अतिक्रमण हटाउंदा साथ दिएको बुटवलले बजार क्षेत्रको अतिक्रमण हटाउंदा विरोध गर्नु न्यायको सिद्धान्त विपरित छ उनले भने । मुख्यमन्त्रीले त्यसो भनि रहदा मञ्चमा रहेका सडक बिस्तार बिरुद्ध अगुवाई गर्ने संघका पुर्व अध्यक्षहरु हतास देखिन्थे ।
मैले सूनेको छु बेलहिया बुटवलको सडक मात्र होईन बुटवलको कालिका पथ सडक बिस्तारमा समेत अवरोध गर्न अदालतमा रिट दिने काम भएको छ रे एउटै क्षेत्रको लागि पटकपटक अवसर आउदैन परिर्वतनका लागि केही न केही त्याग गर्न तयार हुनुपर्छ मुख्यमन्त्रीले भने ।
‘मुख्य राजमार्ग क्षेत्रका बासिन्दाले त गल्ति गर्नुभयो, तपाईहरु पनि त्यस्तै गल्ति नगर्नुस् ।’ उनले भने । वैदेशिक ऋणमै भए पनि विकास निर्माणका काम गरिरहेका छौ तपाईहरुका अवरोधले निर्माण ढिला हुदा ब्याज समेत बढदै जान्छ तसर्थ यसबारेमा गम्भिर हुनु आवश्यक छ यो बुटवलका लागि महत्वपुर्ण अवसर हो मुख्यमन्त्रीले भने । परिवर्तन गर्न चाहने हो भने त्याग गर्न सक्नुपर्छ उनले दोहोर्याए ।

मुख्यमन्त्री पोखरेलले सिमित व्यक्तिको क्षणिक र केहीको राजनिती स्वार्थको लागि बिकासको काममा अवरोध भएको भन्दै बिकास निर्माण अवरोध हुदा बुटवलको ब्यवसायलाई मात्र होईन राजनितीक र सामाजिक हिसावले समेत घाटा पर्न सक्ने भन्दै आफ्नो खुट्टामा बन्चरो हान्ने काम नर्गन बुटवलबासीलाई सुझाए । बुटवलको अब्यवस्थीत बसोवास र चापका कारण अन्य क्षेत्र गुल्जार बन्दै गएको बताउदै मुख्यमन्त्रीले ‘दुईचार हातको लागि सुन्दर भविश्य नगुमाउन आग्रह गरे । सडक निर्माण सम्पन्न हुदा कालिकापथ बुटवलको मुख्यबजार बन्छ त्यसबारे सोच्नुस मुख्यमन्त्रीले थपे ।
मुख्यमन्त्रीले बुटवल, भैरहवा लगायतका क्षेत्रमा आर्थिक अपराधका लक्षण देखिन थालेको बतादै नदिजन्य वस्तुको उत्खनन् तथा ठेक्कापट्टामा प्रयोग गर्ने कतिपय व्यक्तिहरु पछि गएर आर्थिक अपराधको बाटोमा जाने गरेको बताए । केही समय नदिजन्य पदार्थको ठेक्का ढिला हुदा अपराधीक प्रवृतीका युवाहरुलाई प्रयोग गरेर नदिजन्य पदार्थ कारोवार गर्ने ब्यवसायीहरुले नै आर्थिक अपराधलाई बढाएको मुख्यमन्त्रीको भनाई थियो ।
अवैधानिक रुपमा धन कमाउने काममा लागेको अपराधतर्फ उन्मुख हुन्छ ।’ ‘आर्थिक अपराधको पृष्ठभुमि अवैधानिक कारोबार नै हो यसलाई सुधार गर्न जरुरी छ ।’ उनले भने । व्यवसायलाई सुरक्षित बनाउन सरकारसंग हातेमालो गर्न व्यवसायीहरुलाई आग्रह गरे । ‘मुख्य बजार क्षेत्रसंगै व्यापारिक प्रतिष्ठानहरुलाई पनि प्रविधिको निगरानीमा राखौं, सबै क्षेत्र सरकार एक्लैले गर्न सक्दैन हातेमालो गरौं ।’ उनले भने ।
उनले अनौपचारिक अर्थतन्त्रको आकार ठूलो भएकोले यसलाई औपचारिक अर्थतन्त्रमा परिवर्तन गर्न पनि सुझाव दिए । ‘जबसम्म अनौपचारिक अर्थतन्त्रको आकार घट्दैन तबसम्म करको दर घट्न सक्दैन, थोरै दरबाट पनि धेरै कर संकलन गर्न अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा परिवर्तन गर्न जरुरी छ ।’ उनले भने ।

प्रकाशित मितिः     २८ कार्तिक २०७६, बिहीबार २०:०६  |