नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिका १२ विटिएस गेट नजिकै रहेको श्री चण्डेश्वरी माता मन्दिरको सौन्दर्यकरण तथा सामुदायिक हल निमार्णका लागि विनोद कुमार रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । वडा नंम्वर १२ का अध्यक्ष वुद्धिसागर सुवेदिको अध्यक्षतामा शनिवार भएको वुद्धिजिविहरु,समाजसेवी,टोलवासीकोे वृहत भेलाले रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको हो । समितिको सचिवमा मदनलाल जैसी,कोषाध्यक्षमा कमला न्यौपाने,रहेका छन् भने सदस्यहरुमा जिवन प्रसाद पौडेल,चित्र वहादुर शाही,रुपरानी गौडिया र सुनिल रेग्मी रहेका छन् ।
त्यस्तै नरकान्त जोसीको अध्यक्षतामा अनुगमन समिति समेत गठन गरिएको छ । साितिको सदस्यमा नेत्रजंंग शाह, अरुण वज्राचार्य,लक्षुराम पुजारी,वुद्धिमाया वज्राचार्य रहेका छन् । त्यसैगरि बैठकले सल्लाहाकार समिति समेत गठन गरिएको छ । कान्ती भट्ट,अमृत आचार्य,टंकनाथ पौडेल,राम प्रसाद भट्राईर भिम जंंग शाह रहेका छन् ।
भोलामा वडा १२ का वडा सदस्य तरुण वज्राचार्य, दिनेस पन्त लगाएतको सहभागिता रहेको थियो । मन्दिरको सौन्दर्यकरण तथा सामुदायिक हल निमार्णका लागि १२ नंम्बर वडाले २ लाख वजेट छुटाएको छ । भेलामा आफ्नो मन्तब्य राख्दैँ वडा १२ का अध्यक्ष वुद्धिसागर सुवेदीले उपभोक्ता समितिको कामलाई हेरेर वजेट समेत थप हुने सक्ने बताउनु भयो । समितिले राम्रो काम गरेमा बजेटको कुनै कमि हुन नदिने बताउनु भयो । भेलामा आफ्नो भनाई राख्दै सदस्य तरुण वज्राचार्यले विकासमा १२ नंम्वरले धेरै फड्को मारिसकेकोले विकासे कामलाई प्रथमिमता दिइने बताए ।