नेपालगञ्ज -गुरुकुल बचत तथा ऋण सहकारी सस्ंथा लिमिटेड नेपालगन्ज उपमहानगरपलिका वडा नम्बर २ बा“केको नवौं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभामा आ.व. २०७५/०७६ मा संस्थाले ६ करोड २४ लाख ७४ हजार ३ सय ६ रुपैयाँ बराबारको कारोबार गरेको जानकारी दिइएको थियो । जसमा शुद्ध बचत नाफा १२ लाख ९४ हजार ९ सय ७१ रुपैयाँ गदैं १५ लाख ५५ हजार ७ सय ९६ रुपैयाँ संस्थागत पूँजी निर्माण गर्न सफल भएको साकोस तथा साधारणसभाका सभाअध्यक्षता ग्रहण गरेका सुरेन्द्र सिंह सरदारले बताए ।
साधारणसभाका प्रमुख अतिथि तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य सुरेन्द्र हमालले गुरुकुल बचत तथा ऋण सहकारी सस्ंथाले पहिलाको भन्दा अहिले धेरै प्रगति गरेको र जसले बाँके जिल्ला उकृष्ट सेवादारी संस्था भई अघि बढ्ने विश्वास ब्यक्त गरेका छन् । बाँकेमा केही पुराना सहकारीले आर्थिक अनियमितता गरेकाले त्यसलाई निमिटेन्न गरी गुरुकुले सहकारीले उत्कृष्ट काम गरी हामी सवैको सेवादायी संस्था भएकाले सवै लाग्नमा पर्ने नेतृत्वदायि भूमिका खेल्नु पर्ने बताए । गुरुकुल सहकारीमा सवै आवद्ध भएर यसलाई प्रदेश नम्बर ५ कै उकृष्ट बनाउन लाग्नु पर्ने, जसले गर्दा संस्था मात्र नभएर जिल्लाको नाम समेत अगाडि आउने बतए ।
गुरुकुल बचत तथा ऋण सहकारीका पूर्व अध्यक्ष वर्तमान सल्लाकार प्रेम बहादुर शाहले गुरुकुल सहरकारीले बार्षिक प्रदिवेदनले काल्पनीक नभएर यर्थात भएको रहेको बाताएका छन् । सहकारी क्षेत्र भनेको जोखिम र सम्भावित र सम्भावना बोकेको ठाउ भएकाले कुन चिजलाई समात्ने हो भन्ने कुरा सहकारी निर्भर रहने बताए । सहकारी नीति, विधि र प्रवृधि अनुसार चलेपछि केही डराउनु नपर्ने भन्दै संस्था सक्षम हुनका निमित्त मालिक सन्तुष्ट हुने पर्ने बताए । सहकारीलाई विपन्न तथा आधारभूत कुराहरुलाई ध्यान दिदैं विद्यालयहरुमा कम्प्युटर तथा खेलकुद सामाग्रही प्रदान, धार्मिक तथा सामाजिक क्षेत्रमा सरसफाइ, वृक्षरोपण, निःशुल्क स्वास्थ्य शिविर, शुद्ध पिउने पानी वितरण लगाएतका सामाजिक कामहरु गदैं आएको छ ।
बचत कर्ता तर्फ सञ्जोग कुमार लखेर, सुरेश कुमार हल्वाई, नसिम अहमद मनिहार, दिव्य खड्खा, असल ऋणी सदस्यमा, यज्ञरत्न बज्राचार्य, विरुनड श्रेष्ठ, उत्कृष्ट व्यवसायि कर्तामा, विनोद गुप्ता, उत्कृष्ट कर्मचारीको रुपमा हिना बमलाई प्रशंसा पत्र र अतिथिहरुलाई मायाको चिनो समेत दिइएको छ । विशिष्ट अतिथि प्रदेश सहकारी संघका उपा–अध्यक्ष, जिल्ला सहकारी संघका सञ्चालक सदस्य,बचत तथा ऋण जिल्ला सहकारी संघका कार्यबहाक प्रकाश ज्ञवाली, अतिथि नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिंह हमाल, वडा नम्बर ३ का वडा अध्यक्ष आयुब सिद्धिकी, गुरुकुल बचत तथा ऋण सहकारी सस्ंथा लिमिटेडका पूर्व अध्यक्ष , वर्तमान सल्लाहाकार बचत तथा ऋण जिल्ला सहकारी संघका सचिव तथा नेफ्स्कुन फिल्ड व्यवस्थपन समितिका सदस्य पे्रम बहादुर थापा, लगाएतका साधारण सभामा सहभागी रहेका थिए ।