स्व. लोक बहादुर थापा स्मृति रनिङ शिल्ड हुँदै,एक लाख एक सय रुपैयाँ पाउने


  • सुनिल रेग्मी

नेपालगन्ज : नेपालगन्जमा स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता हुने भएको छ ।  बाँके जिल्ला क्रिकेट संघले आयोजना गर्ने प्रतियोगितामा नेपालगन्ज र कोहलपुरका गरि ६ टीमले प्रतिस्पर्धा गर्नेछन । आइतबार भएको पत्रकार सम्मेलनमा आयोजक बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष दुर्गा थापा मगरले बाँके जिल्लाको क्रिकेट विकासमा प्रतियोगिताले सहयोग गर्ने बताए । मंसिर ७ देखि १२ गते सम्म कोहलपुर क्रिकेट मैदानमा संचालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेल हुने प्रतियोगिताको संयोजक सरोवर प्रसाईले बताए ।

प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम प्रदेश नम्बर ५ अध्यक्ष दुर्गा थापाले आफना स्व. बुबाको स्मृतिमा प्रायोजन गरेका हुन ।
प्रतियोगितामा होलिल्यान्ड उच्च मावि, नेपालगन्ज क्याम्पस ,नेपाल टाइगर, जेगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले प्रतिस्पर्धा गर्नेछन ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ सय, उपविजेताले ५१ हजार, म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ट ब्याटसम्यान र वलरले समान ५ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय रुपैया पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष थापाले बताए । प्रतियोगिताबाट जिल्लाको दुइ वटा सिनियर टोली र एक वटा यु १९ टोली छनोट गरेर प्रतिस्पर्धा गराउने समेत संघको योजना रहेको थापाले पत्रकार सम्मेलनमा बताए। थापाले अर्को वर्ष प्रदेशस्तरको प्रतियोगिता गर्ने बताए । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सम्पुर्ण टिम बाँके जिल्लाको रहेको प्रतियोगिताको संयोजक सरोवर प्रसाईले बताए ।

प्रकाशित मितिः     १ मंसिर २०७६, आईतवार १६:३०  |