यी बाइकमा छन् ‘स्लीपर क्लच’, यस्तो छ मूल्य र विशेषता


हरेक बाइकमा क्लच हुन्छ । क्लचको काम इन्जिन र गियरलाई जोड्ने र छुटाउने हो । बाइकमा हरेक पटक गियर परिर्वतन गर्नु पर्दा क्लच अनिर्वाय दवाउनु पर्छ । आजकल हरेक कम्पनीले आफ्नो बाइकलाई प्रिमियम बनाउनका लागि नयाँ प्रविधि प्रयोग गर्ने गर्छन् । यस्तै एक प्रबिधि हो स्लीपर क्लच ।

रेसिङलाई वेस बनाएर निर्माण गरिने सबै जसो मोटरसाइकलामा स्लीपर कल्चको प्रयोग गरिएको हु्न्छ । अहिले निर्माण हुने मध्यम रेञ्जको मोटरसाइकलमा समेत स्लीपर क्लचको प्रयोग गर्न सुरु गरिएको छ । स्लीपर क्लचको सहायताले गियर परिवर्तन गर्दा बाइकमा झट्का महशुस हुँदैन ।   स्लीपर क्लचको काम यति मात्र होइन, यसलाई इन्जिन ब्रेकिङ भनेर पनि बुझिन्छ । सामान्यतया हामी बाइकलाई ब्रेक लगाएर रोक्ने गर्छौ तर, प्रो राइडरहरु जो ट्रयाकमा बाइक चलाउने गर्छन् उनीहरु कमै मात्र ब्रेकको प्रयोग गर्ने गर्छन् ।

स्लिपर क्लच बाइकमा प्रदान गरिने एडभान्स फिचर मध्ये एक हो । सामान्य क्लचमा इन्जिन ब्रेकिङको काम गर्दा बाइकमा धेरै भाइब्रेट हुने तथा बाइकको रियर ह्वील स्केट (चिप्लने) सम्भावना धेरै हुन्छ जुन एड्भान्स टेक्नोलोजियुक्त स्लीपर क्लचको प्रयोगमा न्यून सम्भावना हुन्छ ।  नेपाली बजारमा समेत स्लिपर क्लचयुक्त बाइक बिक्री भइरहेका छन् । यसैबीच, नेपाली बजारमा उपलब्ध स्लिपर क्लचयुक्त बाइकको सूची यस्तो रहेको छ ।

यामाहा एमटी–१५

यामाहा एमटी–१५ केही महिना अगाडि मात्रै नेपाली बजारमा भित्रिएको हो । यामाहा एमटी–१५, एमटी सिरिजको सबैभन्दा कान्छो र यामाहा आर १५ भी३ को ‘नेकेड स्ट्रिट फाइटर भर्सन’ हो ।

एमटी–१५ मा १५५ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ ।  यो इन्जिनले १० हजार आरपीएममा १९.३ एचपी पावर र ८ हजार ५ सय आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पादन गर्छ ।

बाइकमा ‘भेरिएबल भल्भएक्च्युएसन’ (भिभिए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लचजस्ता अत्याधुनिक प्रविधिसमेत उपलब्ध छ । यसको मूल्य चार लाख २९ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी यामाहाले बिक्री गर्दै आएको आर १५ भि ३.० मा पनि स्लिपर क्लच दिइएको छ । यसको मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ ।

टीभीएस २०० फोर भी रेस

करिब तीन वर्ष अगाडि नेपाली बजारमा भित्रिएको टीभीएस २०० फोर भी बाइकको मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ । यो बाइकमा उपलब्ध ४ भल्भ सिङ्गगल सिलिण्डर इन्जिनले ८५ सय आरपीएममा २०.२ हर्ष पावरका साथै ७ हजार आरपीएममा १८.१ एनएम टर्क उत्पादन गर्छ ।

विभिन्न ७ रङ्गमा उपलब्ध यो मोटरसायकल रातो, पहेंलो, खैरो, कालो, सेतो, सेतो–कालो जस्ता कलरमा छ । प्रतिघन्टा १२८ किलोमिटरको टपस्पीड क्षमता भएको यो मोटरसाइकलमा डिजिटल स्पिडोमिटर, गियर इन्डिकेटर, फ्युज गज, सर्भिस रिमाइन्डर, गियर शिफ्ट लाइट, पास लाइट, अटोमेटिक हेडल्याम्प लगायतको विशेषता दिइएको छ ।

यो मोटरसाइकल स्लीपर क्लचको बिशेषता भएको बाइक हो । यसका अलावा टीभीएसले नेपालमा बिक्री गर्दै आएको आरआर ३१० मा समेत स्लीपर क्लचको प्रयोग गरिएको छ ।

बिएमडब्ल्यू आरआर ३१० 

जर्मनीको अटोमोबाइल्स कम्पनी बिएमडब्ल्यूले भारतमा उत्पादन गरेको जी–३१० आर गत वर्ष नेपाल भित्रिएको हो । यस मोटरसाइकलमा ३१३ सीसी क्षमताको वाटर कुल्ड, सिंगल सिलिन्डर, फोरभल्भ इन्जिनको प्रयोग गरिएको छ । उक्त इन्जिनले ९,५०० आरपीएममा ३४ बीएचपी पावर र ७५०० आरपीएममा २८ एनएम टर्क उत्पादन गर्छ । बाइकमा ६ स्पीड म्यानुअल ट्रान्समिसन सहित स्लीपर क्लच दिइएको छ ।

यो मोटरसाइकलमा सार्प र सिल्क बडी, सिंगल–स्क्रीन, डिजिटल इन्स्टुमेन्ट कन्सोलको प्रयोग गरिएको छ, भने स्पीडोमीटर, ओडोमिटर, फियुल गेज, गियर इन्डिकेटर, एबीएस सिग्नलका साथ अन्य थुप्रै रेगुलर फिचरहरु रहेको छ ।

यस मोटरसाइकलको टप स्पीड क्षमता १४३ किलोमिटर प्रतिघन्टा रहेको छ । कम्पनीले रातो र कालो रंगका मोडल जी–३१० आरको मूल्य समान ९ लाख ५० हजार रुपैयाँ तोकेको छ भने, सेतो रंगमा उपलब्ध मोडलको मूल्य भने ९ लाख ७५ हजार रुपैयाँ राखिएको छ ।

केटीएम ड्यूक २५०

केटीएम ड्यूक २५० एबीएस र नन्एबीएस भर्सनमा बिक्री भइरहेको छ । यी मोटरसाइकलको मूल्य क्रमश ६ लाख ३९ हजार ९ सय र ५ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको रहेको छ ।

केटीएम ड्युक २५० मा उपलब्ध लिक्वीड कुल्ड एफआइ इन्जिनले ९ हजार आरपीएममा ३० बीएच पावरका साथै ७५ सय आरपीएममा २४ एनएम टर्क उत्पादन गर्छ । १४९ किलोग्राम तौल भएको यो बाइकले प्रतिलिटर ३० किलोमिटर माइलेज दिन्छ ।

कम्पनीले यसमा डब्ल्यु पी मनोशक सस्पेन्सन, स्प्लिट ट्रेलिस फ्रेम, एलइडी टेललाइट, फ्रन्ट र रियरमा डिस्क ब्रेक लगाइएको छ । एबीएसको फिचरयुक्त यो मोटरसाइकलमा डिजिटल स्पिडोमिटर, टेकोमिटर, फ्युल वार्निङ इन्डिकेटर, लगायतका विभिन्न विशेषता दिइएको छ । केटीएम ड्यूक २५०, ३९०, २०० जस्ता मोटरसाइकलमा स्लीपर क्लचको प्रयोग गरिएको छ ।

प्रकाशित मितिः     २ मंसिर २०७६, सोमबार १५:५१  |