नेपालगञ्ज- धारा नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणदेखि साझेदार थपिने क्रम जारी छ । धारा नेपालगन्ज म्याराथनको लामो यात्राका लागि निदान डाइग्नोस्टिक एण्ड हेल्थ सेन्टरले पनि दुई बर्षे सहकार्यको सम्झौता गरेको छ । त्यसलाई निरन्तर सहकार्य गर्ने निदान डायग्नोस्टिक एण्ड हेल्थ सेन्टरको प्रबन्धनिर्देशक सन्दिप पोखरेलले प्रतिवद्धता जनाएका छन् ।
यसपाली मंसिर ७ गते शनिबार नेपालगञ्ज म्याराथन आयोजना गर्न लागेको छ । क्रिएटिभ ह्याण्ड्सले सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ । निदानले धारा नेपालगन्ज म्याराथनमा विजयी सम्पुर्ण खेलाडीहरुको निशुल्क सम्पुर्ण शरिरको चेकजाँचको सुविधा गर्नेछ ।
त्यसैगरी सम्पुर्ण सहभागिहरुलाई पनि बिशेष छुटको सेवा प्रदान गरेको छ । बिभिन्न उमेरसमुहमध्ये ६० बर्षमाथिकालाई पचास प्रतिशत, ४० देखि ५९ बर्ष उमेरसम्मलाई ४० प्रतिशत र ४० बर्षसम्मलाई २५ प्रतिशत छुट दिनेछ । म्याराथन आयोजक र संलग्न अफिसियलका लागि पनि यो सेवा लागु हुनेछ ।
रु ३ करोड लगानीमा निदान डाइग्नोष्टिक सेन्टर तयार, ‘ए–ग्रेड’को सेवा दिने