घरेलुमा नविकरण खुल्ला


नेपालगन्ज -घरेलु तथा साना उद्योग कार्यालयले लामो समयदेखि रोकेको उद्योग नविकरण पुनः सूचारु भएको छ । नविकरणको म्याद नाघेपछि नविकरणका लागि पुग्ने उद्योगहरुको नविकरण घरेलुले जरिवाना लिएर पनि गरेको थिएन । कार्यालयले नविकरण रोकिदिएपछि व्यवसायीहरु मर्कामा पर्दै आएका थिए ।

अब जरिवाना तिरेर २०७७ भदौ ३ गतेसम्म व्यवसायीहरुले नविकरण गर्न पाउनेछन् । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उजिर न्यौपानेले रोकिएको नविकरण नियमअनुसार पुनः नविकरण गर्न थालेको जानकारी दिएका छन् । ‘मिति सकिएका उद्योगको नविकरण सुरु भएको छ’, उनले भने ।

उद्योग नविकरण बन्द गरिएपछि उद्योगी, व्यवसायीहरुले पटकपटक सुचारु गरिदिन पहल गर्दै आएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले व्यवसायीहरुको निरन्तरको प्रयासका कारण नविकरण खुला भएको जानकारी दिएका छन् ।

प्रकाशित मितिः     ४ मंसिर २०७६, बुधबार १६:४०  |