नरहरिनाथ गाउँपालिकामा बाल दिवशमा बिभिन्न कार्यक्रम


कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिकाको आयोजना र भिडिसेफ नेपाल कालिकोट र सेभ द चिल्डे«नको साझेदारीमा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको सहयोगमा बाल दिवसको अवसर पारि बिभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ ।

शिक्षा युवा तथा खेलकुद विकास प्रमुख रामप्रशाद भुसालको सभापतित्वमा भएको एक औपचारिक कार्यक्रममा पालिका अध्यक्ष धिर बहादुर बिष्ट, प्रमुख अथिति तथा उपाध्यक्ष मन शोभा बुढा, प्रमुख प्रशासकिय अधिकृत लाल ब. मल्ल, बिभिन्न विद्यालयका प्र अ. तथा शिक्षक लगागत अथितिको रुपमा उपस्थित थिए ।

गाउ पालिकाले एस इ इ मा पालिका भरीमा उत्कृष्ट ग्रेड ल्याई पास भएका ३ जना बालबालिकालाई नगद र प्रमाण पत्र सहीत सम्मान गरेको छ। गाउपालिकाले खडा गरेको पालिका अध्यक्ष उत्कृष्ट पुरुस्कार बाट सम्मानित हुनेहरुमा नन्दादेवि मावि कोटबाडाका खेमराज बिष्ट रु ५० हजार सहित प्रमाण पत्र, नन्दादेवि मा.बि कोटबाडाकै भरत बि.क. रु ४० हजार सहीत प्रमाण पत्र र जनता मावि रुप्सा का महेन्द्रमान सहकारी रु ३० हजार सहीत प्रमाण पत्र रहेका छन् । त्यस्तै एसइइ मा पालिका भरीमा उत्कृष्ट नतिजा ल्याएको रमा माबि कुमालगाउ लाई रु ५० हजार सहित सम्मान गरीएको छ ।
कार्यक्रममा बिभिन्न ८ वटा माध्यमिक विद्यालय का बिचमा मावि स्तरीय बतृत्वकला सम्पन्न भयो । बाल अधिकार प्रबर्धनमा स्थानिय सरकारको भुमिका विषयमा भएको सो बतृत्वकला कार्यक्रममा मंगलाशैनी माविका छात्र निर्मल भण्डारी प्रथम, शान्ति माविका छात्र नरेन्द्र बटाला द्धितिय र जनप्रभात माविका छात्र जिवन नाथ योगी तेस्रो भए । कार्यक्रमा भाग लिई उत्कृष्ट स्थान हासिल गर्ने छात्र छात्रा हरुलाई पुरुस्कार वितरण गरीएको थियो ।
कार्यक्रममा हिमचुलि सहकारीले ३७ जना विद्याथिहरुलाई जनहि १० हजार मा दिनु पर्ने बाकि तेस्रो किस्ता रु ३ हजार का दरले छात्र बृति वितरण गरेको छ भने नरहरिनाथ कै वडा न. २ र ३ ले पनि १ १ जना विद्यार्थि हरुलाइ छात्र बृति प्रदान गरेको छ। हिमचुलि सहकारीले भिडिसेफ नेपाल कालिकोट र सेभ द चिल्डेनको साझेदारीमा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको सहयोगमा सो छात्रबृति प्रदान गरेको हो । युवा सशक्तिकरण बुलगारी परियोजनाबाट यो बर्ष तिलागुफा नगरपालिका र नरहरिनाथ गांउपालिका गरी जम्मा ८० जना बालबालिकालाई जनहि रु १० हजारका दरले छात्रबृति प्रदान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी नरहरिनाथ गा.पा. अध्यक्ष धिर बहादुर बिष्टले नगरले हरेक बर्ष बिभिन्न संघसंस्थाहरु संगको समझेदारी गरी शिक्षा क्षेत्रमा उत्प्ररणा दिने कार्यक्रमहरु गरीरहेको बताउदै यसलाई नियमितता दिने बताए, साथै उहाले बाल दिवस को सबैमा शुभकामना प्रदान गर्नु भयो ।
भिडिसेफ नेपाल कालिकोट र सेभ द चिल्डेनको साझेदारीमा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाले सन २०१६ देखि नै तिलागुफा नगरपालिका र नरहरीनाथ गाँउपालिकामा शिक्षा र जिविकोपार्जन मा काम गर्दै आएको छ ।

प्रकाशित मितिः     ५ मंसिर २०७६, बिहीबार १६:२७  |