महालक्ष्मी विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम महेन्द्र नमुना माविमा सप्पन्न


नेपालगंज – महालक्ष्मी विकास बैंक लिमिटेड नेपालगंज शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम महेन्द्र नमुना उच्च माध्यमिक विद्यालयमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम गरेको छ । ‘आजको आवश्यकता विद्यार्थीहरुमा वित्तीय साक्षरता भन्ने उद्देश्य बमोजिम महेन्द्र नमुना उच्च माध्यमिक विद्यालय का ९, १०, ११ र १२ कक्षाका विद्यार्थी तथा शिक्षक शिक्षिका माझ उक्त कार्यक्रम गरेको हो ।

वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण महालक्ष्मी विकास बैंक लिमिटेडका नेपालगंज शाखाका प्रमुख  कोमल विष्टले गरेका थिए भने कार्यक्रमको सञ्चालन शाखाका कर्मचारी टिका भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तब्य नेपालगंज शाखाका प्रमुख कोमल विष्ट आफैले राखेका थिए । कार्यक्रममा आम्दानी खर्च, बचत, कर्जा , बजेट जोखिम जस्ता विषयमा अन्तक्रिया र प्रश्नोत्तर तथा चित्र, ब्यानर जस्ता प्रस्तुति मार्फत वित्तिय साक्षरता छलफल चलाईएको थियो । कार्यक्रमममा विद्यार्थीहरुले अन्तरक्रिया गर्दै आफ्नो बिचार राख्ने क्रममा बैंकले बचत गर्न प्रोत्साहन गरेको, फजुल खर्च कटौती गर्न सिकाएको तथा बैंक सम्बन्धी नीतिनियमको बारेमा सिकाएको प्रतिक्रिया राखेका थिए ।

‘आवश्यक तथा अनावश्यक खर्च र हाम्रो आवश्यकताको बारेमा विद्यार्थी बर्ग मात्रै नभई सम्पूर्ण शिक्षकबर्ग पनि साक्षर रहेको प्रतिक्रिया दिए । कार्यक्रममा विद्यालयका शिक्षक श्री सुस्मिता शर्मा, लाल प्रसाद पाण्डे र महेश श्रेष्ठ ज्यूहरुले कार्यक्रमको पुष्ठपोषण दिंदै यस्ता कार्यक्रमहरुले विद्यार्थीहरु मा दैनिक बचत गर्ने बानीको विकास गर्ने र भोलिका दिनमा आवश्यक परेमा सोहि जम्मा गरेको पैसाले आफ्नो समस्या समाधान गर्न सक्ने कुरा बताउनु भयो ।

यस्तो किसिमको कार्यक्रम नेपालगंज क्षेत्रका विद्यालयहरुमा मात्र नभई गाँउका सबै सरकारी विद्यालयका विद्यार्थीहरुलाई तथा तिनका अभिभावकहरुलाई समेत आवश्यक रहेको कुरा समेत सुझाव प्राप्त भएको शाखाका प्रमुख श्री कोमल विष्टले बताउएका छन् ।

प्रकाशित मितिः     3:32:43 PM  |