नेपालगन्ज । नेपालगन्जको होटेल कलपत्रुले शुक्रबार रक्तदान कार्यक्रम गरेको छ । मानवीय स्वास्थ्य सेवामा टेवा पुर्याउने उद्येश्यले पहिलो पटक होटेलले आफ्नै परिसरमा रक्तदान गरेको हो । नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक टीमले रगत संकलन गरेको हो । होटेल कलपत्रुका प्रवन्ध निर्देशक कन्हैया वैश्य लगायत सुनिल कुमार धामी, आशिष लामीछाने, साछी गुप्ता, लक्ष्मण पन्थी, मनमोहन चौहान, बलभिन्दर ठाकुर सहित २० जनाले रक्तदान गरेका छन् । पछिल्लो चरण विभिन्न संघ सस्थाहरुले रक्तदान गर्ने क्रम बढेको छ ।