नेपालगन्जमा नयाँ एनसेल सेन्टर


नेपालगन्ज-एनसेल प्राइभेट लिमिटेडले नेपालगन्जमा नयाँ एनसेल सेन्टर संचालनमा ल्याएको छ। आफ्ना ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगञ्जको पुष्पलालचोक २ मा बिहीबार नयाँ सुविधा सम्पन्न नयाँ एनसेल सेन्टर संचालनमा ल्याएको हो।

एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले बिहीबार एक कार्यक्रमबीच सेन्टरको उद्घाटन गरेका हुन्। उक्त सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ रहेको छ। ग्राहकलाई एकै स्थानबाट सेवा प्रदान गर्न कम्पनी सक्षम रहेको एनसेलले जनाएको छ।

नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आकर्षक योजना पनि ल्याएको छ । यो योजनाअन्तर्गत मंसिर ५ देखि मंसिर ७ गते सम्म नेपालगञ्ज सेन्टरबाट सीम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् । प्राप्त डेटा भोलुम ३ दिनका लागि मान्य रहनेछ । यसका साथै मंसिर ७ गते सम्म उक्त सेन्टरबाट कारोबार गर्ने हरेक ग्राहकले उपहार पनि प्राप्त गर्नेछन्।

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सीम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् । त्यसैगरी ग्राहकले यस सेन्टरबाट आफ्नो सीम फोरजीमा अपग्रेड गर्न, सीम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बर र विजप्लान बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सूचारु गर्न, बिल तिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य सम्पूर्ण ग्राहक सेवा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।

आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्ने प्रतिबद्घताअनुरुप यस नयाँ सेन्टरले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ । हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ बजे सम्म यस सेन्टरले सेवा प्रदान गर्नेछ। देशका विभिन्न भागमा ३० वटा एनसेल सेन्टर संचालनमा छन्।

प्रकाशित मितिः     ६ मंसिर २०७६, शुक्रबार १६:१८  |