बाँके ९० नर्सलाई सकारात्मक सोंच सम्बन्धी प्रशिक्षण


नेपालगञ्ज ७ मंसिर – रात/दिन कामको बोझ तर पनि बिरामीलाई हँसिलो अनुहार बनाएर उपचार गर्नैपर्ने बाध्यता ! तनाव लिएर काम गर्दा कहिलेकाँही गर्ने हो भने समस्या उब्जिन्छ । तर त्यस्तो समस्या कहिल्यै नआओस् भनेर बाँकेका स्टाफ नर्सलाई क्षमता अभिबृद्ध तथा सकारात्मक सोंच सम्बन्धी प्रशिक्षण दिन शुरु गरिएको छ ।

नेपाल नर्सिङ्ग संघ बाँकेको आयोजना आज शनिवारदेखि नेपालगञ्जमा तीन दिने यस्तो तालिम शुरु भएको छ । नेपालगन्ज मेडिकल कलेजको हलमा भएको कार्यक्रममा जिल्लाका ९० जना स्टाफ नर्स सहभागि रहेको संघको बाँके अध्यक्ष लक्ष्मी केसीले बताइन । जिल्ला पहिलो पटक यसरी स्टाफ नर्सका लागि तनाव व्यवस्थापन तथा क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रमको आयोजना गरिएको हो ।

उद्घाटन कार्यक्रमको प्रमुख अतिथीमा नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कनोडिया, बिशिष्ट अतिथीमा प्रोफेसर डा. तारा शाह, भेरी अन्चल अस्पतालका प्रमुख डा. रुपानन्द अधिकारी, पूर्व प्रमुख डा. श्याम सुन्दर यादव, जनस्वास्थ्य प्रमुख धिरजङ्ग शाह, भेरी अन्चल अस्पतालकी नर्सिङ्ग प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका महिला शाखा प्रमुख शोभा शाह, भेरी नर्सिङ्ग कलेजका प्रबन्ध निर्देशक सन्जय सिंह लगायतको सहभागिता थिए ।

कार्यक्रममा जश्माया जिरेल, रामचन्द्र लामिछनो रहेका छन् । उद्घाटन कार्यक्रमको सन्चालन बिष्णु श्रेष्ठले गरेकी थिइन भने रुपकुमारी थनेतले स्वागत मन्त्वय गरेकी थिइन । आयोजक नर्सिङ्ग संघ बाँकेकी अध्यक्ष केसीका तनाव व्यवस्थापन कसरी गर्ने र बिरामीसंग जस्तोसुकै अवस्थामा पनि राम्रो व्यवहार गर्ने तरिका सिकाउने बारेमा प्रशिक्षण दिइन्छ ।

प्रकाशित मितिः     ७ मंसिर २०७६, शनिबार १८:४१  |