२७४३ मिटर उचाईँमा रहेको जोमसोममा सिप्रदीको वर्कशप


काठमाडौं। टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले मुस्ताङको जोमसोममा वर्कशप खोलेको छ ।

समुद्र सतहभन्दा २,७४३ मिटर उचाइँमा अवस्थित उक्त वर्कशपको उद्घाटन सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टसका कस्टमर केयर इन्टरनेशनल बिजनेस, कमर्सियल भेइकलका प्रमुख गणेश शेट्टीले संयुक्त रुपमा गरे।

कार्यक्रममा मुस्ताङको घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको पनि उपस्थिति रहेको थियो ।जोमसोममा टाटा मोटर्सका सबै रेन्जका गाडीहरूलाई सेवा दिने कम्पनीले जनाएको छ।

कार्यक्रममा शेट्टीले भने -‘टाटा मोटर्सका गाडीहरू किन्ने हाम्रा ग्राहकहरूलाई हाम्रा यी वर्कशपहरूले फेरि प्रत्याभूति र विश्वास दिनेछ भन्ने हाम्रो आशा रहेको छ र सबैभन्दा उच्च स्थानमा (समुद्र सतहभन्दा २,७४३ मिटर उचाइँमा वर्कशप खोल्नु भनेको हामी हाम्रा सबै ग्राहकहरूसम्म पुग्छौँ भन्ने कुराको पुनः प्रत्याभूति हो ।’

सिप्रदीका सिईओ श्रेष्ठले भने-‘बिक्री पश्चातको सेवा दिने कुरामा सिप्रदी सदैव प्रतिबद्ध छ । सिप्रदीको स्थापनादेखि नै सेवालाई उच्च प्राथमिकतामा राख्दै आएको हो।जोमसोममा अवस्थित यो वर्कशपले हामीले चाहिरहेको लक्ष्य प्राप्तिका लागि अर्को सफलता दिलाएको छ।’ घोरपझोङ गाउँपालिकाका अध्यक्ष थकालीले सिप्रदी र टाटा मोटर्सले जोमसोममा वर्कशप खोलेर आफ्नो ठाउँको महत्व बढाइदिएको बताए।

प्रकाशित मितिः     7:08:29 PM  |