‘क्लिन कोहलपुर सिटी’ का लागि सिभिल बैंकको सहयोग


कोहलपुर – ‘क्लिन कोहलपुर सिटी’ का लागि सिभिल बैंकले आर्थिक सहयोग गरेको छ । कोहलपुर नगरपालिका वडा नं. ११ ग्रिन बेल्ट निर्माणको लागि १५ हजारको चेक हस्तान्त्रण गरिएको हो । बैंकको ९ औँ वाषिकोत्सवको अवसरमा वडा कार्यालयलाई ग्रिन बेल्ट निर्माणको लागि वडा अध्यक्ष अध्यक्ष कर्ण बहादुर थापालाई सिभिल बैंक लिमिटेड कोहलपुरका शाखा प्रबन्धक बसन्त कुमार रेग्मीले चेक हस्तान्तरण गरे ।
शाखा प्रबन्धक रेग्मीका अनुसार, बैंकको स्थापनाको अवसरमा ग्रिन बेल्ट निर्माणको लागि सहयोग गरिएको हो ।चेक हस्तान्त्रण गर्दै उनले आगामी दिनमा समेत कोहलपुर क्षेत्रमा सामाजिक कार्य गर्दै जाने बताए । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाले बैंकले गरेको सामाजिक कार्य निकै स्रहानीय रहेको उनले बताए । उनले सडकको सुन्दरता निर्माणको लागि बैंकहरुको सहयोग रहेको भन्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेका छन् ।

यस्तै बैंकहरुको विकासका लागि वडा कार्यालयबाट गनु पर्ने सहयोग गर्न तयार रहेको उनको भनाई छ । चौराहा देखि त्रिभुवन माध्यमिक विद्यालय सम्मको सडमा ग्रिन बेल्ट निर्माणको लागि सहयोग गरेका छन् । १ सय ७० मिटर बेल्ट निर्माणको लागि बैंकहरुको सहयोग रहेको वडा अध्यक्ष थापाले जानकारी दिए ।

प्रकाशित मितिः     ११ मंसिर २०७६, बुधबार ०९:१९  |