नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघमा नविकरण नगर्ने सदस्यले मतदान गर्न नपाउने भएको छ । संघको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । सोका लागि मंसिर २५ गतेसम्म नविकरणको अन्तिम म्याद तोकिएको अध्यक्ष नन्दलाल बैश्यले बताए । उनका अनुसार समयमा नविकरण गर्ने सदस्य मताधिकारबाट बन्चित हुनुपर्नेछ ।