कोहलपुर घटनाप्रति प्रदेश कृषि मन्त्री पौडेलद्धारा दुःख व्यक्त, परिस्थिती सामान्य बनाउन अपिल


नेपालगन्ज – प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आइतवार कोहलपुरमा भएको सडक दुर्घटना र त्यसपपछि उत्पन्नप्रति चिन्ता प्रकट गरेकी छन् । मन्त्री पौडेलले बिहान करिब ९ः४५ बजेको समयमा बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. १० स्थित कोहलपुर बजारमा पर्ने त्रिभुवन नमूना माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत वर्ष १२ की छात्रा प्रकृती चन्द कोहलपुर नेपालगंज सडक खण्डमा ट्रकको ठक्करबाट गम्भिर घाईते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन् ।

उनले घाईते छात्रा हाल बि एण्ड बि अस्पताल काठमाण्डौंमा उपचारत रहेकोले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।  मन्त्री पौडेलले घाईतेहरुको उपचारमा कुनै पनि कमि हुन नदिनका लागि नेपाल सरकारमा अपिल गर्दै, प्रदेश सरकार र आफै उक्त क्षेत्रको निर्वाचित जनप्रतिधिका हैसियतले आवश्यक सहयोगका लागि प्रतिवद्धता जाहेर गरेकी छन् । यस्तो परिस्थितीलाई सामान्य बनाउन तर्फ संयम रहन सम्पूर्ण कोहलपुरवासी, नागरिक समाज, राजनीतिक दल, उद्योगी ब्यबसायी, र शिक्षक, विद्यार्थी वर्गमा हार्दिक अपिल गरेकी छन् ।

प्रकाशित मितिः     २३ मंसिर २०७६, सोमबार १७:०३  |