डिएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिए


बाँके : ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएका छन्। आइतबार कोहलपुरमा भएको घटनापछि सोमबार शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले डिएसपी शाहीलाई जिल्लामा तानिएको भए पनि त्यो नियमित प्रक्रिया भएको बताए।

सोमबार बसेको सर्वपक्षीय छलफलबाट घटनाको छानबिन गर्नको समिति बनाउन सरकारलाई आग्रह गर्ने र घाइतेहरूको उपचार खर्च सबै राज्यले व्यहोर्ने निर्णय भएको उनले जानकारी दिए । प्रहरीले अनावश्यक बल प्रयोग गरी विद्यार्थीलाई गोली समेत चलाएको भन्दै प्रदर्शनकारीले तत्काल डिएसपी शाहीलाई कारबाही र सरूवाको माग गर्दै प्रदर्शन गरेका छन्।

प्रकाशित मितिः     २३ मंसिर २०७६, सोमबार १९:५४  |