नेपालगञ्ज – कम्प्युटर एशोसिएसन (क्यान) महासंघका नवनिर्वाचित अध्यक्ष नवराज कुँवर सहित अन्य पदाधिकारीलाई शनिवार बाँकेका स्वागत गरिएको छ । क्यान महासंघ बाँकेको आयोजनामा ढकेरीमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष कुँवर सहित उपाध्यक्ष रेशम गिरी, सचिव हर्कबहादुर क्षेत्री, लेखा समिति सदस्य भिमसेन गिरी, केन्द्रीय ध्रुवराज शर्मा, नारायण श्रेष्ठलाई सम्मान गरिएको हो ।
कुँवर क्यान महासंघको इतिहासमा जिल्ला बाहिरबाट पहिलो पटक अध्यक्ष भएका हुन । बाँकेमा बधार्ई ग्रहण गर्दै अध्यक्ष कुँवरले क्यान महासंघलाई देशभर बिस्तार गर्ने र डिजिटल नेपाल अभियानमा सक्रियतापूर्वक लाग्ने बताए । उनले आगामी दिनमा क्यान इन्फोटेक जस्ता अभियानलाई प्रभावकारीरुपमा अगाडी बढाउने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा क्यान महासंघ बाँके रमणी प्रसाद शर्माको अध्यक्षतामा भएको थियो । पूर्व उपाध्यक्ष सन्जय थापा, प्रदेश उपाध्यक्ष कृष्ण ओली, सचिव भोजराज तिमिल्सेना, केन्द्रीय आइपी पोख्रे्रेल, नेपालगञ्ज इलेक्टोनिक्स एशोसिएसनका अध्यक्ष चिरञ्जीवि ओली लगायतको सहभागिता थियो ।