नेपालगन्ज -नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि राप्रपा निकट व्यवसायीको समूहले सलाउद्धिन जसगढको अध्यक्षतामा बार्ता समिति गठन गरेको छ । निर्वाचनमा कसरी अगाडी बढ्ने भन्ने बिभिन्न बिकल्पमा छलफल गर्ने गरी उक्त समूहले वार्ता समितिलाई अधिकार दिएको हो ।
आज भएको व्यवसायीको छलफलले जसगढको अध्यक्षतामा बनाएको समितिको सदस्य सचिवमा ऋषीराज देवकोट छन् । सदस्यमा दिपेन्द्र बहादुर सिंह,बिनी टण्डन,बिन्दु चर्तीमगर, बिजय बैश्य, सफिक बेहना, सुरेन्द्र गुप्ता, तेजनारायाण कँडेल, पवित्र सुब्बा, दिपेन्द्र राज श्रेष्ठ रहेका छन् । संघको निर्वाचन माघ ११ गते तोकिएको छ । उक्त निर्वाचनमा बिभिन्न राजनीतिक दलले प्रतिष्ठाको बिषय बनाउँदै आएका छन् ।