नेपालगन्ज – प्रकृति चन्द कोहलपुर सडक दुर्घटनामा घाइते बालिका । राजधानीको बि एण्ड बि अस्पतालमा उपचार गराइरहेकी छन् । सबैकै प्रिय बनेकी प्रकृतीले अस्पतालको शैयामा चित्र कोरेकी छन् । बाँकेका प्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथक जो प्रकृतीको स्वास्थ्य अवस्था बुझ्न निरन्तर अस्पताल गइरहन्छन् उनले चित्र सार्वजनिक गरेका छन् । अथक लेख्छन्,–
‘ मंसिर २२गते ट्रक ठक्करमा घाइते भई बि एण्ड बि अस्पतालमा उपचार गराइ रहेकी प्रकृति चन्दलाई अस्पताल गई स्वास्थ्य अवस्था बारे जानकारी लिएको छु । मलाई देख्ने वित्तिकै दुवै जोडेर नमस्ते अंकल भनिन । असाध्यै खुशी लागेको छ । उनले अस्पतालको बेडमा कोरेको एउटा चित्र पोष्ट गरेको छु । नानु प्रकृतिको सिघ्र स्वास्थ्यलाभको कामना ।’