मंसिर २९, काठमाडौं । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्याबारे श्रम मन्त्रालयलको पुन: ध्यानाकर्षण गराएको छ ।
आइतवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित छलफलमा परिसंघका अध्यक्ष सतिश मोरले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन तहमा देखिएका समस्या समाधानका लागि थप पहललिन आग्रह गरेको हो ।
उक्त अवसरमा परिसंघका अध्यक्ष मोरले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानकालागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव यस अघि नै पेश गरे पनि त्यस अनुसार समस्या समाधान नभएकाले थप पहल आवश्यक रहेको बताए ।
उनले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तीय सुरक्षा, दोहोरो कर तथा कोषले योगदानकर्ताका लागि दिने लगानी नीतिका बारेमा छिटो निर्णयमा पुग्न आवश्यक रहेको तर्फ मन्त्रालयको ध्यानाकर्षण गराए ।
सामाजिक सुरक्षाका अलावाआन्तरिक तथा बाह्य क्षेत्रमा रोजगारीकाअवसर श्रृजनामा सरकारसँग थप सघन सहकार्यका लागि परिसंघ तयार रहेको पनि उनले सो अवसरमा बताए ।
त्यस्तै परिसंघका उपाध्यक्ष राजेश अग्रवालले परिसंघले दिएका सुझाव कार्यान्वय नभए श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षाग्यारेण्टि नहुने र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन नसक्ने बताए ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले पसिसंघका सुझावबारे मन्त्रालयगम्भिर रहेको बताउँदै कार्यक्रमलाई प्रतिफलमुखी बनाउदै जान पहल भइरहेको जानकारी गराए ।
उनले श्रम बजारलाई व्यवस्थित गर्न तथा रोजगारीको अवसर श्रृजना गर्न परिसंघसँगको सहकार्य बढाउँदै जाने प्रतिवद्धता पनि व्यक्त गरे ।
यस अघि परिसंघले सामाजिक सुरक्षा तथा श्रमसँग जोडिएका विषयमा रोजगारदाता तथा श्रमिकहरुका सुझावहरु समेटेर श्रम मन्त्रालयमा सुझाव प्रतिवेदन पेश गरिसकेको छ ।