हुवावे नेपालले आइतबार ६ वटा उत्पादन सार्वजनिक गरेको छ। ती मोबाइल, स्मार्ट घडी, ब्लुतुथ इयर फोन हुन्।
कम्पनीले २ वटा स्मार्ट फोन ल्याएको छ।
मेट ३० प्रो
यो फ्ल्यागसिप स्मार्टफोन हो।
यस फोनमा किरिन ९९० एसओसी छ भने ७ एनएम र इयूभी प्रोसेसको प्रयोग भएको छ।
यो स्मार्टफोनले प्रयोगकर्ताहरूका लागि उच्चस्तरको फोटो र भिडियो खिच्न सघाउँछ।
यसमा ४० एमपी सिने क्यामरासहितको उच्चस्तरको क्वाड क्यामरा प्रणाली, ४० एमपी सुपरसेन्सिङ क्यामरा, ८ एमपीको टेलिफोटो क्यामरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामरा जडित छ।
यसको फ्रन्ट क्यामरा ३२ एमपीको रहेको छ।
यसको मूल्य भने १ लाख २९ हजार ९ सय रूपैयाँ तोकिएको छ।
वाईनाइन एस
अटो पपअप क्यामरा भएको यो स्मार्टफोन चर्चित वाइ नाइन प्राइम २०१९ को अपग्रेडेड भर्जन हो। आधुनिक र आकर्षित डिजाइन तथा अल्ट्रा वाइड एंगल ४८ एमपी एआई ट्रिपल क्यामरा तथा साइड फिंगरप्रिन्ट डिजाइन यसमा छ।
यसको मूल्य भने सार्वजनिक भएको छैन।
त्यस्तै स्मार्ट घडी पनि सार्वजनिक गरेको छ। ह्वावे वाच जिटी टु सिरिज अन्तर्गत कम्पनीले दुईवटा भेरियन्टमा यसलाई ल्याएको छ।
हुवावे वाच जिटी टु ४६ एमएम र ह्वावे वाच जीटी टु ४२ एमएम
यस स्मार्टवाच ग्राहकको प्रतिक्षित उत्पादन हो। किरिन एआई चिप जडित यसमा उच्च कार्यक्षमता रहेको छ। यसले कम ब्याट्री खपत गर्ने कम्पनीले बताएको छ। यसमा दुई हप्तासम्म ब्याट्री टिक्छ ।
यस स्मार्टवाचमा नयाँ विशेषताहरू र फङ्ग्सनहरू समवेश गरिएको छ। १५ स्पोर्ट मोड तथा १० ट्रेनिङ मोडहरू भएको यो स्मार्टवाच फिटनेस तथा स्वास्थ्य बारे विशेष चासो राख्नेहरूका लागि उपयुक्त छ।
हुवावे वाच जिटी टु ४६ एमएमको मूल्य २९ हजार ९ सय रूपैयाँ तोकिएको छ भने ह्वावे वाच जीटी टु ४२ एमएमको मूल्य घोषणा गर्न बाँकी रहेको कम्पनीले बताएको छ।
ब्यान्ड फोर तथा ब्यान्ड फोर ई
हुवावे ब्यान्ड फोरमा दैनिक इन्डोर र आउटडोर एक्सरसाइज मोडहरू भएको र सशक्त फिटनेश मनिटरिङ फिचरहरू छन् ।
स्मार्ट फिटनेश म्यानेजमेन्ट सिस्टमले मुटुको धड्कन थप एक्युरेसीका साथ मनिटर गर्ने गर्दछ।
यसको मूल्य क्रमशः ४ हजार ४ सय र ३ हजार ४ सय रूपैयाँ तोकिएको छ।
हुवावे फ्रि बड्स थ्री
यो वायरलेस ब्लुतुथ इयरफोन हो। यो कानमा मात्र राख्न सकिन्छ।
यसमा जडान गरिएको किरिन ए वान चिपले उत्कृष्ट साउन्ड दिन्छ।
यसको मूल्य २० हजार ९ सय रूपैयाँ तोकिएको छ।
हुवावे फ्रि लेस
यो पनि वायरलेस ब्लुतुथ इयरफोन हो। यसलाई कान र घाँटी दुवैमा राखेर संगीतको मज्जा लिन सकिन्छ।
हुवावे विश्व बजारमा दोस्रो ठूलो स्मार्टफोन सप्लायर हो। सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म २०० मिलियन युनिटहरू निर्यात गरिसकेको छ। यो आँकडा अघिल्ला वर्षको तुलनामा २६ प्रतिशतले वृद्धि भएको कम्पनीले बताएको छ।
त्यस्तै हुवावेको इकोसिस्टम उत्पादनहरूमा पनि वृद्धि भएको छ। जस्तै पर्सनल कम्प्युटरको बिक्रीमा २१४ प्रतिशतले, ट्याब्लेट १० प्रतिशतले, स्मार्ट अडियो २६० प्रतिशतले तथा वेयरेबल उत्पादनहरूमा २७२ प्रतिशतले वृद्धि भएको कम्पनीले बताएको छ।
उत्पादन |
मूल्य रुपैयाँ |
ह्वावे मेट ३० प्रो |
१,२९,९०० |
ह्वावे वाच जीटी टु ४६ एमएम |
२९,९०० |
ह्वावे ब्यान्ड फोर |
४,४०० |
ह्वावे ब्यान्ड फोर ई |
३,४०० |
ह्वावे फ्रि बड्स थ्री |
२०, ९०० |
ह्वावे फ्री लेस |
९, ९०० |
ह्वावे वाच जीटी टु ४२ एमएम |
घोषणा हुन बाँकी |
ह्वावे वाई नाइन एस |
घोषणा हुन बाँकी |
हुवावेले एचएमएस इकोसिस्टमका लागि एक वर्षभित्रै तीन अर्ब अमेरिकी डलर तथा तीन हजार रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी परिचालन गर्ने योजना बनाएको छ।
त्यस्तै दुई वर्षभित्र उक्त लगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ।