नेपालगञ्ज/ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बाँकेका नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल, वडा नं. २ का अध्यक्ष सुनिलसिंह माल र पत्रकार लक्ष्मण ढुंगानालाई सम्मान गरेको छ । जिल्लामा रहेर स्थानीयस्तरमा सुशासन र पारदर्शिता सम्बन्धी उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै पत्रकार ढुंगानालाई नगद सहित पुरस्कृत गरिएको हो ।
सेजनले अमेरिकी दुतावास संगको सहकार्यमा स्थानिय निकायका कर्मचारी र पत्रकारहरुका लागि संघीय संरचनामा बजेट निर्माण र वित्तियपारदर्शिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अमेरिकी दुतावासका प्रवत्ता एन्डी डी अरमेन्ट र नेपालगञ्ज उपमहानगरपालिका मेयर डा.धवल शमसेर राणााले नगद २५ हजार सहित ढुंगानालाई अवार्ड प्रदान गरेका हुन । ढुंगाना कारोवार दैनिक तथा एपिवन टेलिभिजनका बाँके संवाददाता हुन ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकावाट उत्कृष्ट कार्यसम्पादन गर्ने दुईजना वडा अध्यक्षलाई पनी उत्कृष्ट जनप्रतिनिधि अवार्ड प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष प्रमोद रिजाल र वडा नम्वर २ का अध्यक्ष सुनिलसिंह हमाल उत्कृष्ट जनप्रतिनिधि अवार्डवाट सम्मानित भएका हुन ।