‘स्यालरी इन्डेक्स’-बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलव सबैभन्दा धेरै


एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलव सबैभन्दा धेरैले बढेको छ। नेपाल राष्ट्र बैंकले तयार गरेको ‘स्यालरी इन्डेक्स’अनुसार यस आर्थिक वर्षको यस आर्थिक वर्षको असोज मसान्तसम्म गत वर्षको सोही अवधिको तुलनामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलव २५ प्रतिशतले बढेको छ।

गत वर्षको असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाका कर्मचारीको आधार तलव सूचक ५२९ रहेकोमा यस वर्षको असोज मसान्तसम्म ६६३ पुगेको छ। सन् २००४र०५ मा आधार दर १ सय कायम गरी राष्ट्र बैंकले स्यालरी इन्डेक्स सार्वजनिक गर्दै आएको छ।

राष्ट्र बैंकले प्रत्येक वर्षको त्रैमासमा विभिन्न समूहको तलव तथा ज्याला वृद्धिदरको सूचक सार्वजनिक गर्ने गरेको छ। जसअनुसार निजामति सेवा, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था, सेना तथा पुलिस, शिक्षक र निजी क्षेत्र गरी ६ किसिमले वर्गीकरण गरी सूचक तयार गरिँदै आएको छ। यीमध्ये प्रहरी तथा सुरक्षाकर्मीको तलव भने जम्मा ८।९९ प्रतिशतले मात्रै बढेको छ। निजामति कर्मचारीको तलव १९। २३ प्रतिशतले मात्रै बढेको छ। सार्वजनिक संस्थानका कर्मचारीको तलव १८। ३७ प्रतिशतले बढेको छ। शिक्षकहरुको तलव १०। ५५ प्रतिशतले बढेको छ। निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलव १७। २३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

औद्योगिक क्षेत्रमा काम गर्नेको ज्यालादरको वृद्धि उच्च
त्यस्तै ज्यालादर तर्फ औद्योगिक क्षेत्रमा काम गर्ने कामदारको ज्याला वृद्धि सबैभन्दा उच्च छ। एक वर्षको अवधिमा ति कामदारको ज्याला १४। ८७ प्रतिशतले बढेको छ। औद्योगिक क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको ज्यालादर १८ प्रतिशतले बढ्दा अदक्ष जनशक्तिको ज्यालादर १० प्रतिशतले मात्रै बढेको छ। निर्माण क्षेत्रमा काम गर्ने कामदारको ज्यालादरमा सबैभन्दा न्यून वृद्धि देखिएको छ। ति कामदारको ज्याला एक वर्षमा ८। ४३ प्रतिशतले मात्रै बढेको छ। त्यसमा पनि पुरुष कामदारको ज्यालादर १०। ५५ प्रतिशतले बढ्दा महिला कामदारको ज्यालादर ४। ३८ प्रतिशतले मात्रै बढेको छ। कृषि क्षेत्रमा काम गर्नेको ज्यालादर १०। ७८ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ। राष्ट्र बैंकले कृषि, औद्योगिक र निर्माण गरी तीन क्षेत्रका कामदारको ज्यालादरको सूचक निकाल्दै आएको छ।

 

प्रकाशित मितिः     १ पुष २०७६, मंगलवार १६:१४  |