काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी कियाको भारत मेड चर्चित एसयूभी सेल्टोस नेपाली बजारमा भित्रिएको छ । केहि समय अगाडि भारतीय बजारमा सार्वजनिक भएको यो कार नेपाल भित्रिएको हो ।
कियाका लागि नेपालको आधिकारीक वितरक कन्टिनेन्टल्स ट्रेडिङले गत नाडा अटो शोमा यो कारको बुकिङ खुल्ला गरेको भएपनि आगामी शुक्रबारबाट बिक्री सुरु गर्ने जानकारी दिएको छ ।
विभिन्न पाँच भेरियन्टमा नेपाल आएको सेल्टोसबारे बझ्नैपर्ने केही तथ्य यस्ता छन् ।
डिजाइन
फराकिलो क्याबिन, प्रिमियम लुक्स तथा मस्कुलर डिजाइनमा निर्माण भएको सेल्टोसमा टाइगर नोज ग्रिल, एलइडी हेडलाइट, किया नामको क्राउन जेवल र एलइडी डिआरएस लगाइएको छ ।
भर्टिकल्ली राखिएको स्टेक फग ल्याम्पलाई आइस क्यूब एलइडी ल्याम्पको रुपमा चिनिन्छ । लार्ज ह्वील आर्क, रुफ रेल, फ्लोटिङ रुफ, डाइनामिक बडी लाइन जस्ता फिचर सेल्टोसमा रहेका छन् ।
एसयूभीमा १७ इन्चको अलोय ह्वील लगाइएको छ । टेलल्याम्पसँग जोडिएको क्रोम प्लेटले गाडीलाई ठूलो देखाउँछ ।
क्याबिन
एसयूभीको क्याबिनलाई आकर्षक डिजाइन र लेआउटले सजाइएको छ । डबल टोन कलरसँगै अल ब्ल्याक थिममा निर्माण गरिएको क्याबिन ककपिट डिजाइनबाट प्रेरित छ । यसमा १०।२५ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टमको फिचर दिइएको छ भने, ७ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ ।
यसले क्याबिनलाई मोर्डन लुक्स दिने कोशिस गरेको छ । ८ इन्चको हेड अप डिस्प्ले, बोस स्पिकरसँगै एम्बिएन्ट लाइटिङ, एयर प्युरिफायर, इनब्युल्ड पर्फियूम डिफ्युजर, इनब्युल्ड रियर सनसेड, ८ वे एडजस्टेबल सिट, टायर प्रेशर मनोटरिङ सिस्टम यसमा पाउन सकिन्छ ।
कनेक्टेड टेक्नोलोजीको फिचर भएको सेल्टोसमा विभिन्न ३७ फिचर समेटिएको छ । यसमा उपलब्ध यूभीओ एपले स्टार्ट स्टप, डोर लक÷अनलक, भ्वाइस बेस कमान्ड र रिमोट कन्ट्रोल जस्ता क्रियाकलापलाई नियन्त्रण गर्ने कम्पनीले जनाएको छ ।
इन्जिन र पर्फेमन्स
विभिन्न भेरियन्टमा तयार भएको यो कारमा तीन इन्जिन र चार गियरबक्सको अप्सन उपलब्ध रहेको छ । यसमा रहेको १।५ लिटर पेट्रोल इन्जिनले ११५ पीएस पावरका साथै १४४ एनएम टर्क उत्पादन गर्छ । ६ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्स दिइएको छ । सेल्टोसमा उपलब्ध १।५ लिटर डिजेल इन्जिनले ११५ पीएस पावरका साथै २५० एनएम टर्क उत्पादन गर्छ ।
साथै, कम्पनीले १।४ लिटर टर्बो पेट्रोल इन्जिनले भने, १४० पीएस पावरका साथै २४२ एनएम टर्क उत्पादन गर्छ । यो भेरियन्ट भने ७ स्पिड डिसिटी गियरबक्स रहेको छ । यी सबै इन्जिन भारतीय प्रदुषण मापदण्ड बीएस ६ मा आधारित रहेको छ ।
सुरक्षा फिचर
सुरक्षालाई मध्यनजर गर्दै कारमा ६ वटासम्म एयरब्याग, एबीएससँगै इबीडी, ब्रेक असिस्ट, हिल स्टार्ट असिस्टको फिचर दिइएको छ । इमर्जेन्सी केनेक्टिभिटीले आकस्मिक दुर्घटना, जिओफेन्सिङ र गाडी चोरी भएमा जानकारी दिने गर्छ । साथै, यसमा ३६० डिग्री क्यामरा समेत लगाइएको छ ।
भेरियन्ट र मूल्य
कम्पनीले नेपालमा यसको पाँच भेरियन्ट मात्र उपलब्ध गराउने जानकारी दिएको छ । कम्पनीले सेल्टोसको सुरुवाति मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकेको छ भने टप भेरियन्टको एचटीएक्स प्लसको मूल्य ६६ लाख ९० हजार निर्धारण गरेको छ ।