नेपालगन्ज, पुस २ – स्थानीय स्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्य सहित नेपालगन्जमा दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको तयारी हुदैछ ।
प्रतियोगिता द गु्रप अफ–१६ युथ क्लबले आयोजना गर्न लागेको हो ।
मंगलप्रसाद उच्च माविको खेल मैदानमा हुने प्रतियोगिता पुस २२ देखि माघ ४ गते सम्म नकआउटका आधारमा चल्नेछ ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र म्यान अफ द सिरिजले ५० हजार र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले जनही २० हजार प्राप्त गर्ने आयोजक द गु्रप अफ–१६ युथ क्लबका अध्यक्ष बिष्णु प्रसाद अर्यालले बताए ।
प्रतियोगितामा नेपालगन्ज नगरका २३ वडाले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक तरुण बज्राचार्यले जानकारी गराए । नेपालगन्ज नगरपालिकाले सहकार्य गरेको प्रतियोगितालाई बाँके जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गरेको छ ।
प्रतियोगितामा सहभागि हुने टोलीलाई दुइ समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता नजिकै गर्दा आयोजकले तयारीलाई तिव्रता दिएको छ । यसै साथ आयोजले नेपालगन्ज र क्रिकेटको महत्वलाई झल्कने गरि निमार्ण गरिएको लोगो सार्वजनिक गरेको छ । लोगो गजेन्द्र थापाले बनाएका हुन । प्रतियोगिताले बाँकेको खेलाडीलाई क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने प्रतियोगिता अध्यक्ष अर्यालले बताए ।
उनले भने, ‘खेलाडीको स्तर बढाउनको लागि स्थानीय स्तरमा राम्रो प्रतियोगिता जरुरी थियो । पुर्व खेलाडीको मेहिनतले प्रतियोगिताले निरन्तरता पाएको छ । हामी खुसी छौं । प्रतियोगिताले नेपालगन्जबाट फेरी नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने विश्वास छ ।’ प्रतियोगितामा सहभागी हुने खेलाडी र अफिसियलको सुरक्षाको लागि वीमाको व्यवस्था गरिएको आयोजक ग्रुप अफ–१६ युथ क्लबका अध्यक्ष विष्णु प्रसाद अर्यालले जानकारी गराए ।
प्रतियोगिता नजिकै गर्दा आयोजकले तयारीलाई तिव्रता दिएको छ । यसै साथ आयोजले नेपालगन्ज र क्रिकेटको महत्वलाई झल्कने गरि निमार्ण गरिएको लोगो सार्वजनिक गरेको छ । लोगो गजेन्द्र थापाले बनाएका हुन । प्र
तियोगिताले बाँकेको खेलाडीलाई क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने प्रतियोगिता अध्यक्ष अर्यालले बताए ।
उनले भने, ‘खेलाडीको स्तर बढाउनको लागि स्थानीय स्तरमा राम्रो प्रतियोगिता जरुरी थियो । पुर्व खेलाडीको मेहिनतले प्रतियोगिताले निरन्तरता पाएको छ । हामी खुसी छौं । प्रतियोगिताले नेपालगन्जबाट फेरी नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने विश्वास छ ।’
प्रतियोगितामा सहभागी हुने खेलाडी र अफिसियलको सुरक्षाको लागि वीमाको व्यवस्था गरिएको आयोजक ग्रुप अफ–१६ युथ क्लबका अध्यक्ष विष्णु प्रसाद अर्यालले जानकारी गराए ।
गत वर्षदेखि सुरु भएको प्रतियोगितामा पुरस्कार राशी वृद्धि गदै लैजाने लक्ष्य रहेको आयोजकले बतायो । गत वर्ष १ लाख पुरस्कार राखिएको प्रतियोगिता वडा नम्बर २३ ले जितेको थियो ।
प्रतियोगिताको आकर्षण बढाउने लागि उद्घाटन र समापन कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरको कलाकारको प्रस्तुत देखाउने तयारी भैरहेको प्रतियोगिता प्रचारप्रसार संयोजक सुनिल रेग्मीले बताए ।
प्रतियोगितामा सहभागी हुने टिमलाई आयोजकले स्तरीय जर्सी र किट्स सहयोग गर्ने आयोजकले बताएको छ ।