सेञ्चुरी बैंकले ल्यायो सर्वाधिक ब्याजदर र सुविधा दिने ‘सेञ्चुरी सेभिङ प्लस’ बचत योजना


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकलाई सर्वाधिक ब्याजदर र सुविधा दिनेगरी नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ ।

‘सेञ्चुरी सेभिङ प्लस’ नाम गरेको उक्त बचत योजनामा सहभागी हुने ग्राहकले सर्वाधिक ब्याजदर सहित बैंकले दिने अधिकांश सुविधा प्राप्त गर्नसक्ने छन् ।

‘यो खाता खोल्ने ग्राहकलाई बैंकले अन्य सबै खातामा खोल्नेलाई भन्दा बढी सुविधाहरु प्रदान गर्ने भएकाले यो योजनामा सर्वसाधारणको अत्याधिक आकर्षण हुने विश्वास लिएका छौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले भने ।

सेञ्चुरी सेभिङ प्लस नामक खाता खोलेर न्यूनतम् ५० हजार रुपैयाँ मौज्दात राख्नुपर्ने छ ।

उक्त खातामा भएको निक्षेपमा बैंकले ६।५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । बैंकले दिने ब्याज प्रत्येक ३ महिनामा ग्राहकले पाउने छन् ।

‘अहिलेको अवस्थामा बचत खातामा ६।५ प्रतिशत भनेको सर्वाधिक हो, धेरै वाणिज्य बैंकले यति ब्याज दिँदैनन्,’ सीइओ गौतमले भने ।

यो खाता खोल्ने ग्राहकको १० लाख रुपैयाँसम्मको प्राणघातक रोगरदुर्घटनारदीर्घकालीन अशक्तताको बीमा पनि बैंकले नै गरिदिने छ ।

त्यसका लागि बैंकले आइएमइ जनरल इन्स्योरेन्ससँग बीमा सम्बन्धी सम्झौता गरिसकेको छ ।

त्यसैगरी, सो खातावालाहरुले नेपालका अन्य कुनै बैंकको एटीएमबाट पैसा निकाल्दा कुनै पनि शुल्क लाग्ने छैन ।

साथै निस्शुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ्ग र कर्जा सुविधामा विशेष छुट समेत दिइने सीइओ गौतमले जानकारी दिए ।

त्यस्तै, खातावालले स्वीफ्टरटीटी र गुड फर पेमेन्टमा ५० प्रतिशत छुट पनि प्राप्त गर्नेछन् ।

उक्त खाताको शुभारम्भ बैंकका सीइओ तुलसीराम गौतमद्धारा गरे । कार्यक्रममा बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थित थिए ।

बीमा कम्पनीको नाम राखेर मात्रै निक्षेपकर्तालाई बीमा सुविधाको प्रचार गर्न राष्ट्र बैंकले निर्देशन दिएपछि सेञ्चुरी बैंकले पहिलोपटक बीमा कम्पनीको नाम राखेर निक्षेपकर्तालाई बीमा सुविधा दिने प्रोडक्ट ल्याएको हो ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रकाशित मितिः     २ पुष २०७६, बुधबार १७:४७  |