नेकपा र राजपाले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने


नेपालगञ्ज २ पुस – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् । योसंगै दुवै पार्टीबीच सम्बन्ध बिस्तार भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट भएको हो । चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको छ । उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य इश्र्वर पोख्रेलले ऐतिहासिक उक्त निर्णय भएको बताएका छन् ।

प्रकाशित मितिः     २ पुष २०७६, बुधबार १८:३६  |