किया सेल्टोसको आजबाट बिक्री सुरु, यस्ता छन् विशेषता


काठमाडौं । किया सेल्टोसको आधिकारीक बिक्रेता कन्टिनेन्टल्स ट्रेडिङले नयाँ एसयूभी सेल्टोसको आजबाट बिक्री सुरु गर्ने भएको छ । कम्पनीले आज एक कार्यक्रमगरी बिक्री सुरु गर्न लागेको हो ।

किया सेल्टोसमा सेगमेन्टकै पहिलो ८ इन्च एचयूडी र १०.२५ इन्च होरिजेन्टल्ली ओरिन्टेड टच स्क्रिन रहेको छ । यो एसयूभीमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन मिल्नेलगायत विशेषता रहेका छन् ।

१७ इन्च अलोय ह्वील, स्टाइलि एलइडी टेललाइट, सार्प एलइडी हेडलाइट, एलइडी फगल्याम्पले एसयूभीलाई उत्कृष्ट बनाएको छ । इन्जिनको कुरा गर्दा सेल्टोस १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल १.४ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध रहेको छ ।

यस्तो छ सबै भेरियन्टको मूल्य

किया मोटर्सका लागि नेपालको आधिकारीक बितरक कन्टीनेन्टल ट्रेडिङले सेल्टोसलाई विभिन्न ५ भेरियन्टमा नेपाल ल्याउन लागेको हो । कम्पनीले सेल्टोसको सुरुवाति मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकेको छ भने टप भेरियन्टको एचटीएक्स प्लसको मूल्य ६६ लाख ९० हजार तोकेको छ ।

प्रकाशित मितिः     ४ पुष २०७६, शुक्रबार १५:५६  |