गुर्भाकोट ( सुर्खेत) – पुस १५ लाई भब्य तरिकाले मनाउन गुर्भाकोट नगरपालिका–४ जुठेदमारमा सांस्कृतिक मेला आयोजना गर्न लागिएको छ । मेला पुस १५ र १६ गते लाग्ने छ ।
पौराणिक कला संस्कृति झल्किने गायन तथा नृत्य प्रस्तुत गर्ने उदेश्यले मेला लगाइएको हो । मेलामा पञ्जेवाजा, सिंगारु,सोरठी, मयुर नाँच, पैसरी जस्ता लोप हुन लागेका पुराना नृत्य हेर्न पाइन्छ । यि बाहेक राष्ट्रिय तथा स्थानीय कलाकारको समेत सहभागिता रहने छ ।
गुर्भाकोट सल्यानी संस्कृतिको लागि प्रख्यात मानिन्छ । यहाँको परम्परागत नृत्य र गीतहरु नयाँ पुस्ताले बिर्सिदै गएकोमा स्थानीय अगुवाहरु चिन्तित छन् । उनीहरुले संरक्षणको प्रयास समेत गरेका छन् ।